खेल देश–समाज शिक्षा समाचार स्थानीय

ग्लोबल चेस प्रतियोगिताका विजेतालाई पुरस्कार

दमक/ झापाको दमक–६ मा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले दमक नगरस्तरीय ‘ग्लोबल कप खुला चेस प्रतियोगिता’ सम्पन्न गरेको छ । प्रतियोगितामा सिनियरतर्फ ग्लोबलका श्रीयन्स चौलागाईं पहिलो, ग्लोबलकै महेश दवाडी दोस्रो र सूर्योदय अंग्रेजी स्कूलका चिरायू भट्टराईले तेस्रो स्थान हासिल गरेका छन् ।
जुनियरतर्फ इस्टर्न स्टार अंग्रेजी स्कूलका दर्शन पाठक पहिलो, प्रजिता एजुकेशनल एकेडेमीका निसुङहाङ राई दोस्रो र हिमालय माविका प्रसन राई तेस्रो भएका छन् । छात्रातर्फको प्रतियोगितामा ग्लोबलकै प्रविशा दवाडी पहिलो, सोही विद्यालयकी अनुज्ञा ढुंगाना दोस्रो र अक्सफोर्डकी प्रतिमा बाँस्कोटाले तेस्रो स्थान सुरक्षित गरेका छन् । विजेता खेलाडीहरुलाई एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र दिएर पुरस्कार प्रदान गरे  । विद्यार्थीलाई औपचारिक पढाईसँगसँगै थप सृजनशील बनाउने योजनामा सिनियर, जुनियर र छात्राका गरी ३ प्रकारका खेलहरु सञ्चालन गरिएको सो विद्यालयले जनाएको छ ।
प्रतियोगितामा नगरका सामुदायिक र संस्थागत गरी दर्जन बढी विद्यालयबाट विद्यार्थी खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा सिनियरतर्फ २४, जुनियरतर्फ २७ र छात्रातर्फ ७ जना खेलाडीहरु सहभागी थिए ।

Author

You may also like