देश–समाज शिक्षा समाचार स्थानीय

दमकको दीपिनी आधारभुत विद्यालयको ३६ औं वार्षिकोत्सव

दमक । दीपिनी आधारभुत विद्यालय दमक–५ को ३६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा प्रदेश सांसद होम बहादुर थापाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । ज्येष्ठ सदस्य चैतन्य बरालको सभापतित्वमा आयोजित सो कार्यक्रममा संस्थापक अध्यक्ष शेरबहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति, दमक नगरपालिका सामािजक समितिका सभापति शारदा सापकोटा, समाजसेवी दुर्गादेवी खनाल, वडा नं. ५ का कार्यवहाक वडाअध्इक्ष खड्ग राई, वडासदस्यहरु शोभा बेलबासे, खेमकुमारी परियार र गोपाल कृष्ण संगौलालगायत विभिन्न संघसंस्थाका बुद्धिजीवि, सामाजिक अगुवा, शिक्षाविद्हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण रहेको आयन प्रतिभा पुरस्कारबाट कक्षा ८ मा अध्ययरत छात्रा कमला थापाले २० हजार नगद र अन्य १० जना छात्रछात्रालाई प्रतिव्यक्ति १ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो ।
त्यसैगरी कौशिलादेवी स्मृति अक्षयकोषबाट १० जना बालबालिकालाई पोशाक र शान्तिरमण अक्षयकोषबाट ५ जना बालबालिकालाई पोशाक गरी २६ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सो कार्यक्रमबाटै उत्कृष्ट शिक्षकमा दरिएकी लक्ष्मी अधिकारीलाई सम्मान समेत गरिएको थियो । आयन प्रतिभा पुरस्कारका नायक आयनको जन्मोत्सवसमेत सोही दिन परेको थियो । सो जन्मोत्सवको अवसरमा आयनका अभिभावकले उनको नाममा स्थापित पुरस्कार राशी प्रदान गरेका थिए ।
सो कार्यक्रममा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल वितरण गरिएको थियो । बब्रुवान दाहालले सो कार्यक्रम सञ्चालन गरेका थिए । आर्थिक अभाव झेलीरहेका परिवारका बालबालिकाहरु अधिकांश उक्त विद्यालयमा अध्ययनरत छन् । प्राप्त जानकारी अनुसार कक्षा ८ मा एक जना दुर्लभ जाती चेपाङ परिवारका छात्र समेत अध्ययन गरिरहेका छन् ।

Author

You may also like