देश–समाज मुख्य राजनीति राष्ट्रिय

शान्ति प्रक्रिया टुंग्याउन सत्य निरुपण आयोग सिफारिस समिति बनाउने निर्णय

दमक/ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलको बैठकले सत्य निरुपण आयोगका लागि सरकारले सिफारिस समिति बनाउने विषयमा सहमत गरेका छन् ।
बिहीबार बसेको सो बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिएका हुन् ।
बस्नेतले छलफल शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित रहेको बताउदै सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने विषयमा सहमत भएको जानकारी दिए । उनले एक–दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने बताए ।
उनले भने– ’शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो र त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा नै छलफल भयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत सहभागी थिए ।

Author

You may also like