मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ क्षेत्रमा नगरको कार्यालय सामु रहेको सिद्देश्वर महादेव मन्दिरमा २०७४ साल माघ २१ देखि लगाइएको शिव महापुराण तथा कथावाचन सप्ताह महायज्ञ कार्यबाट संकलन भएको ९३ लाख ६१ हजार ७८ रुपैयाँ कोषमध्ये शिव महापुराण व्यवस्थापन तथा सम्पन्न सम्मको खर्च ८ लाख ६६ हजार ८ सय ८७ भएबाट बचत सम्पत्ति क्षमतामा मन्दिर परिसर ०–४ कट्ठा जग्गा मध्ये झण्डै १३ धुर जग्गामा आधुनिक तथा आकर्षक भुइँतला, बीच र माथिल्लो रंगीन जस्ता पाताको छानोसहित तीन तले सामुदायिक भवन निर्माण भएको छ । यस भवनमा नगरबासिन्दा लगायत टाढाबाट आउनु हुने बन्धुत्वहरुले वैदिक धार्मिक, विवाह ब्रतबन्धलगायत पुजाआराधना कार्य गर्दै आएका छन् ।
यहाँ अनुमान गर्दा सरकारी तथा ठेकेदारी तराजुको हिसाबले तौलदाँ झण्डै २ करोड लाग्ने सुन्दर लाग्ने भवन झण्डै १ करोडमा बनेको छ । मन्दिर कार्य सञ्चालन समिति पदाधिकारीमा भवन निर्माण सदस्य क्रमशः अध्यक्ष रमेश खड्का (जग्गा दाताका नाती), उपाध्यक्ष ः बालकृष्ण घिमिरे, सचिव ः केशव अधिकारी (सुकुना क्याम्पस अध्यक्ष), सहसचिव ः खगेन्द्र प्रसाद तिम्सिना समाजसेवी, कोषाध्यक्ष दुर्गादेवी आचार्य र कर्मठ सहयोगी कविराज फुयाँल लगायतको अतुलनीय परिश्रमबाट राष्ट्र नेपालको वैदिक विधि हिन्दु धर्मावलम्बीको मनोकांक्षा हुनेमा दैनिक पुजा आराधना तथा भगवान भक्ति भजनकिर्तन सञ्चालन भई अघि बढिरहेको हुँदा विराटचोक क्षेत्रमा धेरै देवदेवालयहरु भएकोले पुण्यभूमि फराकिलो र लोकप्रिय भईरहेको छ ।
लकडाउनको समयमा पनि यहाँस्थित पश्चिम मोहडामा जेष्ठ नागरिक सत्सङ भवन बन्दै गरेको थियो । नयाँ बन्ने सानो भवनमा ५ कोठे सो भवनमा जेष्ठ नागरिक विश्राम स्थल, भजनकिर्तन स्थल, पुजारी आवास र भण्डार रहने छ । पहिलो तलामा पाहुना घर समेत निर्माण हुने व्यवस्थापन समितिका रमेश खडका, खगेन्द्रप्रसाद तिमल्सिनाले जानकारी गराएका छन् । भवन निर्माणमा खर्च प्रदेश सभाषद्कोषबाट १४ लाख रुपैयाँ र सुन्दर हरैंचा नगरपालिकाबाट ५ लाख रुपैयाँ प्राप्त भएकोले सुविधा सम्पन्न भवन बनेको कुरा तिमल्सिनाले बताएका छन् ।

Author

You may also like