लेख विचार/वहस

गाईजात्रा पर्वको महिमा र राजनीतिमा गाईजात्रा

अब त अति भो, अति । के सम्म गर्न थाले भने नि, भनेर बोलेर साध्य भएन अब, यो गाइजात्रे नेपालमा हैट  ।
हुन पनि हो हाम्रो देश नेपालमा प्राचीनकालदेखि अधुनातन अवस्थासम्म आइपुग्दा जात्रैजात्राले मुलुक तहसनहस छ। कहीं कतै शान्ति घरपरिवारदेखि लिएर जुनसुकै क्षेत्रमा पनि यो गाईजात्राले गाँजेको छ, यहाँ । डनवाद र धनवादहरुले जेजे गरेनी भो । “नेपालको कानुन दैवले जानुन“ भनेझैं भएको छ हिजोदेखि आजसम्म । यो लोकतान्त्रिक गणतन्त्र आएदेखि त यहाँ केके सम्म खेल भएन र ? सरकार ढाल्ने, बनाउने, नौटङकी गर्ने खेल कतिसम्म भयो । आप्mनै पार्टीले आप्mनै पार्टीका नेताहरुको चरित्र हत्या गर्न सम्म उद्दत भए, के बाँकी रह्यो र ? केही रहेन, बचेखुचेको साख नि निमिट्यान्न बनाए, हिलो छ्यापाछ्याप गरे, नाटकै नाटक गरे । अब प्रसङ्ग अलिकति, गाईजात्रा भनेको के हो ? कुन चरीको नाम हो ? यसले अहिलेसम्म केके काम गर्यो ?
नेपाली शब्दकोषमा हेर्नुपर्दा “गाईजात्रा“ शब्दको अर्थ हुन्छ बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम– कुरो हो भने यो पर्व भाद्रकृष्ण प्रतिपदाका दिन जनैपूर्णिमाको भोलिपल्ट मनाइने लोकप्रिय पर्व मध्येको एक हो । अर्को अर्थमा गाईजात्रा नेपालमा मनाइने राष्ट्रिय सांस्कृतिक पर्व हो । यो पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकोले खासगरी काठमाण्डौ उपत्यका र देश विदेशमा नेवारहरुको बसोबास भएका सहरहरुमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिन भित्र दिवङगत पितृहरुको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाइँदै गरेको पाइन्छ । ऐतिहासिक प्रमाणअनुसार मध्ययुगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन चलाएका थिए, उतिबेला । उनले पुत्र शोकले विह्वल आप्mनी रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आप्mनो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए । गाईको भेषमा हरेक मृतकका आफन्तहरु घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको थियो । तर यतिले मात्र रानीकी मन शान्त नभएपछि विभिन्न हाँस्य प्रहसन र व्यंग्यवाण समेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकोले राजाको आदेश बमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने चलन बसेको किम्बदन्ती रहेको छ । उसबेला राजप्रसाद रहेको हनुमान ढोका क्षेत्रमा जात्रा प्रदर्शन गर्ने परम्परा हिजोदेखि आजसम्म चलिरहेकै छ । गाईजात्रालाई नेवारी भाषामा “सापारु“ भनिन्छ । “सा“ भनेको “गाई“ र “पारु“ भनेको “प्रतिपदा तिथि“ हो । हिन्दु धर्ममा गाइलाई भुक्ति र मुक्ति प्रदायिनी देवीका रूपमा पुजिन्छ । गरुड पुराण एवं पदम पुराणमा उल्लेख भए अनुसार पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने विश्वास गरिन्छ । गाईजात्रामा गाइलाई नगरपरिक्रमा गराउनाले दिवङगत आफन्तले तिनै गाईको पुच्छर समाई बैतरणी नदी पार गर्न पाउँछन र स्वर्गको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक विश्वास छ । यसको महत्व सङ्गै यही गाईजात्रा पर्वमा समाज र राष्ट्रमा हुने गरेका विकृति–विसङ्गतिलाई व्यंग्यात्मक प्रहसन मार्फत् औल्याउने गरेको तीखो व्यंग्य र प्रहारनै गाईजात्रा पर्वको गरिमा हो । उतिबेला यही पर्वमा दीन–दुःखीहरुलाई दान दिने चलन थियो, खान नपाएर हात जोडेर हिँडनेहरुलाई खाना, नाना र छानाको व्यवस्था हुन्थ्यो । यतिमात्र होइन वि.सं १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थतालाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले उनको इच्छा पूरा गरेर विगतका नराम्रा घटना भुलेर गाईजात्रोत्सव गरेर सुख शान्तिको कामना व्यक्त गर्न सबै नागरिक एक हुन आग्रह गरेअनुसार यो पर्व मृत्युलाई स्वभाविक र शाश्वत सत्यका रुपमा आत्मसात गर्दै जीवनमा राम्रो कार्य गरेमा हाँसोको पात्र बन्न पर्दैन भन्ने सन्देशका साथ देशभर नेवार समुदायद्वारा गाइजात्रे झाँकी प्रदर्शन गरेर गत ४ गते गाईजात्रा दिवस हर्सोल्लासका साथ मनाए । यही पर्वकै बेलामा सुप्रसिद्ध हाँस्यकलाकारहरुले नयाँ–नयाँ हाँस्यास्पद यथार्थपरक गीत हामी माझ ल्याए । जुन सत्य–तथ्यमा आधारित गीतहरु थिए । यसैलाई आधार बनाएर राजनीतिक, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन नाचगान नेपालको राजधानी काठमाण्डौ लगायतका स्थानहरुमा प्रदर्शन भए तर जति जे जस्तो प्रदर्शन भए कुनैपनि राजनीतिक दलहरुप्रति सकारात्मक सन्देश थिएन । किनकि देशलाई दोहन गर्नका निम्ति मिलिभगत्मै देश चलिरहेको रहेछ भन्ने प्रतीत हुन्छ यो गाईजात्रा महोत्सवले । यहाँ कुनै दल, कुनै पार्टी अछुतो रहन सकेनन्, छोटे र बढेराजाहरुको हालिमुहाली भयो । मिलिभगत्मा एउटा सरकार ढाल्ने अर्को बनाउनेहरुको पुरै होडबाजी अहिले पनि चलिरहेकै छ यो के कारण हो भन्दा उही सत्ता र शक्तिको पहुँचमा पुग्ने होडवाजी । अनि हामी सच्चा देशभक्त नागरिकहरुले बुलन्द आवाज गर्ने के ? अहिले भ्रष्टाचारको बढी जोखिम भएको क्षेत्रमा अख्तियारले विशेष चासो र ध्यान पु¥याउन नसकेको, शक्ति र आर्थिक स्रोतको विकेन्द्रीकरण हुँदै जाँदा भ्रष्टाचारलाई पनि विकेन्द्रीकरण गर्दै लगेको जुन अवस्था छ, यो एउटा गाईजात्राको उदाहरण हो । जब राज्य प्रणालीले स्वचालित सामथ्र्य र चरित्र गुमाउँछ, त्यहाँ शक्तिको अनाधिकृत प्रयोग हुन थाल्छ यो नि गाईजात्रा हो । आवश्यकता र स्रोतबिचको विरोधाभाषले भ्रष्टाचारको आधार खडा गर्दछ, बहुदलीय ब्यवस्था यताका भ्रष्टाचार काण्डहरु हेर्दा राजनीतिक संरक्षण र प्रसाशनिक व्यवस्थापनमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएको तीतो सत्य यही हो यो नि गाईजात्रा हो । लोकतान्त्रिक गणतन्त्र कमजोर भएपछि व्यवस्था विरोधीहरु हिजोआज अनेकन चलखेलसङ्गै मौलाउँदै जानु यो नि गाइजात्रै हो । हिजोआज कर्मचारीतन्त्र र निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचार बिना बाँच्नै नसकिने रोगबाट ग्रसित हुनु यो पनि एउटा गाईजात्राको ज्वलन्त उदाहरण हो ।
अन्त्यमा लोकतन्त्रले पाएको एउटा पदवी, उपहारहरुमा लाउडा, वायुसेवा निगमको एयर बस प्रकरण, रेड्क्रसमा अनियमितता, गरिबी निवारण कोषमा भ्रष्टाचार, कृषि परियोजना, सर्प काण्ड, सिमेन्ट खानी, फोरजी, सहकारी ठगी, कर फर्छ्यौट, काठ्माण्डौ तराई द्रुत मार्ग, टेलिफोन बिल्डिङ्ग, एपेक्स बैंक, ओम्नी काण्ड , सिक्टा सिचाई ,महेन्द्रनगर विकास समिति डलर काण्ड, बूढी गण्डकी, ३३ किलो सुन, वाइडबडी, माथिल्लो तामाकोशी, रेल ठेक्का, ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि स्टेट काण्डदेखि लिएर अन्य धेरै यस्तै–यस्तै काण्डैकाण्डको गाईजात्राले हामी सोझासिधा जनतानै “गणतन्त्र कि गाडतन्त्र“ भन्ने अवस्थामा पुगेका हुनाले यस्ता अनेकन काण्ड रोक्नका निम्ति र गणतन्त्रको स्थायित्वको लागि मसाल बोक्नका निम्ति सम्पूर्ण कलमजीवीहरु एकजुट बनौं।

Author

You may also like