लेख विचार/वहस

नियात्राको अर्को आयाम : युङफ्राउ

नेपाली साहित्यलाई विशेषत नियात्राद्वारा नयाँ उचाईतर्पm धकेल्दै लैजाने नाम हो कृष्ण बजगाईं । डायस्पोरिक लेखनले नेपाली साहित्यलाई अर्को भूगोलमा छर्ने र अर्को भूगोललाई नेपाली माटोमा छर्ने नाम हो कृष्ण बजगाईं । नेपाली पाठकहरुलाई विदेशी भूमिको कला, संस्कृति, इतिहास, जीवनशैली र विकासलाई नेपाली पाठकहरु माझ ल्याउने नाम हो कृष्ण बजगाईं ।
कृष्ण बजगाईं हाल बेलायतमा बसेर नेपाली साहित्यमा निरन्तर लागिरहेका छन् । साहित्यका सबै विधामा कलम चलाउने बजगाईं मूलतः नियात्रा लेखनमा आफ्रनाे उपस्थिति बलियो बनाएर अक्षरहरुमा बगिरहन्छन् । १८ वटा पुस्तक प्रकाशन गरिसकेका बजगाईंका नियात्रा र बालकथाहरु विद्यालय र विश्व विद्यालयस्तरमा पढाई समेत हुन्छन् । बजगाईंको पछिल्लो नियात्रा सङग्रह युङफ्राउ (२०८०), जुन उनको पाँचौं नियात्रा सङ्ग्रह हो, र नियात्रा लेखनको यो पछिल्लो आयाम पनि हो ।
कृष्ण बजगाईं नियात्रा लेखनमा मूलतः विवरणत्मकतामा आत्मपरकता मिसाएर लेख्ने गर्छन् । उनका नियात्राहरु पढ्दै जाँदा पाठकहरु इति धेरै ‘हुक’ हुन्छन् कि, यस्तो लाग्छ, कुनै सिनेमाको पर्दामा हर कुराहरु देखिरहेको छु । त्यसमा अर्को प्रवृत्ति थपिन्छ उनको, त्यो हो इतिहासंग साक्षत्कार गराउनु । संस्कृतिसंग अन्तरघुलन गराउनु । जीवशैलीसंग समीप्यता गराउनु । अनि त्यहाँको प्रकृति र भूगोलमाथि ‘जुम’ गरेर तिनीहरुको जीवन्त चित्रण गरिरहेका हुन्छन् । पाठकहरु ह्यामिलिनको मुसा जस्तै बजगाईका अक्षरहरुका पछि पछि दगुरिरहन्छन् ।
नियात्रा शताब्दीयौंदेखि मानवीय कथा वाचनको अभिन्न अंग बन्दै आएको छ । अन्वेषकहरु, तीर्थयात्रीहरु, घुमन्तेहरुका अनुभूति नै आजका नियात्राका आधार हुन् । नियात्राले विभिन्न संस्कृति, भूगोल, जीनशैली र व्यवहारको अनुभव पाठकहरुलाई बाँड्छ । अनि पाठकहरु घरैमा बसेर कहिले आइफेल टावरमा चढिरहेका हुन्छन्, कहिले बेबिलोनको बगैंचामा घुमिरहेका हुन्छन् । कहिले अमेजनको जंगल घुमरिहेका हुन्छन् पाठकहरु । कहिले युरोपका चिसा मैदानहरुमा कुदिरहेका हुन्छन् पाठकहरु  । कहिले अफ्रिकाका मरुभूमि र बञ्जरभूमिमा रफर गरिरहेका हुन्छन् पाठकहरु । कहिले अष्ट्रेलियाका जंगलमा कंगारुसंग खेलिरहेका हुन्छन् पाठकहरु । कहिले हिरोसिमाका अवशेषहरुको दृष्टिगोचर गरिरहेका हुन्छन् पाठकहरु । कहिले अफ्रिकाका आदिबासीहरुको सांस्कृतिक नाच हेरिरहेका हुन्छन् पाठकहरु ।
आज हामी संसारलाई अक्षरमा पढ्न सक्छौं । संसारका अनेक रंग र आयामहरुलाई अक्षरमा पिउन सक्छौं । यो सबै नियात्रा साहित्यको योगदानहो । ग्रीसेली इतिहासकार हेरोडोट्सबाट सुरु भएको यात्रा साहित्य मध्य युगमा आएर मार्कोपोलोहरुले त्यसलाई निरन्तरता दिए । जोफ्रे चौसरको लोकप्रिय काव्य ‘क्यान्टरबरी टेल्स’ (क्यान्टरबरीका कथाहरु) पनि तीर्थयात्रीहरुले भनेका कथा हुन् । यसरी यात्राका आयामहरु थपिंदै गए । बेलायती लेखक जोनाथन स्वीप्mटले गुलिभरको यात्रा (गुलिभरर्स ट्रभल्स) लेखे जुनयात्रा साहित्यको अजीव प्रयोग थियो । गुलिभर मात्र ६ इन्च अग्ला लिलिपुटनहरुको संसारमा पुग्छ । यात्रा लेखन निरन्तर अघि बढिर¥यो र यो सर्वाधिक रुचाईको विधा पनि भयो । रविन्सन क्रुशो नपढ्ने बिरलै होलान आज । कोलम्बस, मार्कोपोलो नपढ्ने कमै होलान आज । अनि इ.एम. फोस्टर, सल्मान रुश्दी नपढ्ने बिलै होलान आज । त्यसैले त आज अनेकौं आयाममा नियात्रा लेख्ने र पढ्नेहरुको घुईंचो नै छ संसारभर ।
खासगरी नियात्रामा व्यक्तिगत अवलोकन र अनुभवलाई रंगाएर पस्किइन्छ । यसो गर्दा अनेक बिम्बहरु प्रयोगमा आउँछन् । त्यहाँको जीवन, समाज र संस्कृति चित्रिन्छन् । यसको लागि ‘न्यारेटिभ’ संरचनाको भाषाशैलीको प्रयोग गरिन्छ । यात्राको क्रमागत विवरण, घटनाको विकास र परिवर्तन्, तिनको क्रमागत प्रस्तुतीमा नियात्रा जग्मगाउने गर्छ । नियात्राले खासगरीः

  • अरुसंगको जम्काभेट गराउँछ
  • पहिचानको निर्माण गराउँछ
  • विगत, वर्तमान र आगतको सशक्त सम्झना गराउँछ
  • कथावाचनको कलाले ठाउँ विशेषको जीवन्तता पस्किएको हुन्छ
  • तथ्यगत र सिर्जनात्मक शैलीको प्रयोग हुन्छ ।


आज नियात्रा लेखनका बारेमा दुईवटा धार पाइएको छ । एउटा धारले भन्छ —नियात्रा भनेको यात्रामा देखिएका, भोगिएका, अनुभूत गरिएका, प्रभावित भइएका, मन छुने घटना र प्रवृत्तिहरु पाइएका कुराहरुको इतिबृत्ति हो । ठ्याक्क त्यहाँ पुग्दा जे देखियो र भोगियो, त्यो लेख्ने हो । सकेसम्म बढी सूचना र विवरण पाठकलाई पस्कनु हो । अर्कोधारले भन्छ — आफूले देखेको र भोगेका कुरालाई निरपेक्ष राखेर हुँदैन । त्यसलाई आप्mनो परिवेशसंग दाँजेर पनि हेर्नु पर्छ । त्यसले पाठकलाई तुलनात्मक अनुभूति दिन्छ र के ‘ल्याकिङ्ग’ (अपुग) छ त्यसको अनुभूत पाठकलाई गराउँछ । त्यहाँको विवरण दिनु जरुरी छैन, किनभने ती कुरा इन्टरनेटमा छँदैछन् । खालि त्यहाँको परिवेशमा लेखकको माथिङ्गल अन्तरघुलित हुनुपर्छ । ठाउँको विवरण पोख्ने होइन, लेखक पोखिनु पर्छ । लेखक घोप्टिनु पर्छ । चेप्टिनु पर्छ । नेप्टिनु पर्छ । अनि लेखकीय फरकपन र फरक विशेषताले पाठकहरुलाई हुक लगाएर राख्न सफल हुन्छ अद्योपान्त नसकिउञ्जेल ।
यी दुई धारले जे जे भने पनि नियात्रामा यी दुबै विचारको संस्लेषण, समिश्रण र अन्तरघुलन हुन्छ । कृष्ण बजगाईका नियात्राहरुमा यी दुबै विचारहरुको मिश्रण छ । २७ वटा शीर्षकमा समेटिएको यो नियात्रा सङ्ग्रह युङफ्राउ (२०८०) मा युरोपका, खासगरी, ग्रीस र स्वीट्जरल्यान्डका भूगोल, इतिहास, संस्कृति, जीवनशैली, प्रकृति, कला, भौतिक विकास र लेखकको अनुभूतिको अन्तरघुलन भएको छ ।
एक्रोलोलिस डाँडाबाट सुरु भएको छ लेखककको यात्रा (एक्रोपोलिसमा एक बिहान)मा एथेना देवीको मीथक ग्रीसेलीहरुको भावनाको डोरी कसरी बन्यो भन्ने उल्लेख छ । त्यस पछि उनी ग्रीसेली नाटकको धरोहर ‘थिएटर अभ डायोनाइसस’ को आवेगात्मकता पस्कन्छन् । त्यसपछि उनी पुरातात्विक ओलम्पीयाम ाभगवान जिउसको महीमा र महानतालाई ग्रीसेलीहरुले कसरी अंगालेका छन् भन्ने दर्शाउँछन् । त्यसपछि उनी महान दार्शनिक सोक्रेटिजलाई थुनेर हेमलक बीष खुवाई मृत्युदन्ड दिइएको जेलको अवलोकन गर्न पुग्छन् । अनि उनी महान ज्ञानी, शिक्षाको ज्योति सुरु गर्ने एरिस्टोटलको उपदेशस्थल ‘आर्कोलोजिकल साइट अभ द लाइसियमअभ एरिस्टोटल’ मा पुग्छन् । अनि ती महान व्यक्तिहरुको जीवन र संघर्ष सम्झेर भावसक हुन्छन् ।
लेखकको यात्रा यस नियात्रामा यसरी क्रमिक रुपले अघि बढिरहन्छ । देवी एथेनाको मन्दिरबाट उनी रोमन र ग्रीक आगोराको अवलोकनमा हुन्छन् । सम्राट हेड्रियनले स्थापना गरेको ‘हेड्रियन लाइब्रेरी’ मा पुगेर नियात्राकार भावुक बन्छन् । सम्राटहरु पनि पढन्ता ? त्यसपछि उनी सिन्टाग्मा स्क्वायरमा पुग्छन् जहाँ सैनिकको रमितामात्र छैन, विद्रोह गर्ने चेतना भएका सैनिकको प्रशंग पनि छ । उनी पानाथेनाइक स्टेडियममा पसेर प्रथम ओलम्पिक खेलको इतिहाससंग जोडिन पुग्छन् नियात्राकार । समुद्रकाबीचमा जस्ता देखिने तीन वटा टापुहरुको दृष्टिगोचर गर्न पुग्छन् नियात्राकार ।
ग्रीसको यात्रा सकेर नियात्राकार स्वीटजरल्यान्डको जेनेभामा भाँचिएको कुर्सीको बिम्ब पढ्न पुग्छन् र मन खिन्न पार्छन् । त्यहाँ जलयात्रा गर्छन् । अंगुर टिप्छन् । अनि रुशोसंग साक्षत्कार (इतिहाससंग !) गर्न पुग्छन् । महान शिक्षाविद् र दार्शनिक रुशोको नामसंग जोडिन पाउँदा नियात्राकार खुसी छन् । उनी लिप्mट चढेर ‘कुमारी हिमाल’ अर्थात् ‘युङफ्राउ’ चढेर जीवनको चरम आनन्दानुभूति गर्छन् । उनी लाउटरब्रनेनमा पानीको धूलो हेर्छन्, खासमा पानीको मसिनो फोहोरा । कति सुन्दर प्रकृति ! परिवारसंग सामान्य वार्ता पनि गर्छन् नियात्राकार । उनी अलवर्ट आइन्सटाइनको इतिहाससंग जोडिन पुग्छन् आइन्सटाइन हाउसमा । उनी जुरिचको प्राकृतिक सुन्दरतामा लीन हुन् पुग्छन् ।
स्वीट्जरल्यान्डको यात्रा सकेर उनी पोर्चुगल पुग्छन् । भास्को दा गामाको इतिहाससंग साक्षातकार गर्छन् । प्राचीन स्मारकहरुको अवलोकन गरेर भावुक हुन्छन् । ती कसरी राज्यका सम्पत्ति भए ? हामीले कसरी त्यस्ता सम्पत्ति भत्काएर महान बन्यौं ? उनी सिन्ट्राको कला हेर्छन् । अनि पृथ्वीको अन्तिम छेउमा पुग्छन् अनि फर्केर बेलायत आउँछन् । केही स्थानमा नियात्राकार घुम्छन् । यसरी यात्रा समाप्त हुन्छ नियात्राकारको ।
सरल भाषाशैलीमा लेखिएको यो नियात्रा सङग्रह बोधगम्य छ । यो पढिरहँदा पाठकहरुले यात्रा मात्रै पढ्दैनन्, तिनले इतिहास पढ्छन् । संस्कृति पढ्छन् । भूगोल पढ्छन् । कला र जीवनशैली पढ्छन् । प्रकति पढ्छन् । नियात्राकारका भावनाहरु पनि पढ्छन् । विकासका आश्चार्याजनक उपलब्धीहरु प्नि पढ्छन् । अनि मुख्य कुरा, पाठकहरुले युरोपका खजना पढ्छन्, महानविचारहरु पढ्छन् ।
नियात्रामा प्रयोग भएका स्थान र व्यक्तिहरुका नामहरुले सामान्य पाठकलाई यात्रा बृतान्त बुभ्mन अप्ठेरो त पार्छ नै । नियात्राकार बढी पोखिएर त्यहाँका विवरणहरुलाई बाकसभित्र बिर्को लगाएर थुन्न सकेको भए यो नियात्रा सङग्रह अभैm धेरै कलात्मक र लेखकीय हुन्थ्यो भन्ने लाग्छ । तथापि नेपाली पाठकहरुलाई यो एउटा थैलो हो; ज्ञानको, इतिहासको, धर्मक्mो, संस्कृतिको, अनि विकासको ।
नियात्राकार कृष्ण बजगाईंलाई धेरै धेरै बधाई भन्न चाहन्छु ।
दमक, झापा

Author

You may also like