सौराहमा भेटिएका गेट्सवी
२०७४ साल माघ ६ गते ।
जाडो ।
हामी खाना खान र सुत्नका लागि सौराहाको दिपज्योति होटलमा लाग्यौं । त्यस बेलुकाको हाम्रो गन्तब्य त्यहीं थियो । सानो घरमा लजका लागि बनाइएका कोठा र कोठैपिच्छे साना एटेज बाथरुम थिए । झोला बिसाएपछि तातोपानी माग्यौं । एउटी बाइस पच्चिसकी देखिने सिकुटे र साधारण देखिने महिलाले पानी निकै छिटो ल्याएर दिइन् । एकै छिनमा तालु ठूलो गरेका पच्चीस तीसको देखिने युवा आइपुगे ।
‘ए बाबु, तिम्लाई सिसाले हात काटेको भए अस्पताल जानु पथ्र्यो । सुइ हान्नु पथ्र्यो । तिमीलाई कति दुख्थ्यो ? अनि मलाई कति नराम्रो लाग्थ्यो । बाबु तिमीले के गरेका त्यस्तो ?’ ती युवाले आफ्नो पाँचबर्षे छोराले रिसले सिसाका तीन वटा कपहरु एकै पटक झारेर फुटाएपछि छोरालाई यसरी गाली गरेको सुनें । यो कुनखालको गाली हो भन्ने लाग्यो । त्यस पछि मेरो मन उनीतिर तानियो । नानीले कुनै जवाफ दिएन ।
‘खै तिम्रो हातमा कति चोट लाग्यो बाबु ?’
‘फुटाउँदिन अबदेखि ।’
उनले यति भनेपछि त्यो नानीलाई काखमा लिएर म्वाई खाए ।
मैले उनको यो तहको व्यवहार देखेपछि उनी भएठाउँ गएँ र प्रश्नहरु तेस्र्याएँ । उनी त्यही दिपज्योति होटल उण्ड लजका मालिक ज्ञानेन्द्र दाहाल रहेछन् । यति सानो उमेरमा उनको यो परिपक्कता देखेर उनको व्यक्तित्वलाई यी शब्दहरुमा कैद गर्न मन गरें । उनको कथा सुनेपछि मैले अमेरिकी उपन्यासकार प्र्mयान्सिस स्कर्ट फेज¥याल्र्डको बहु चर्चित उपन्यास ‘द ग्रेट गेट्सवी’ को नायक ‘गेट्सवी’लाई भेटे जस्तो लाग्यो । गेट्सवी एउटा गरिब बाबुको छोरो थियो । सम्पत्तिको कमीका कारणले आप्mनी मुटुभन्दा प्यारो लागेकी आप्mनी प्रेमिकाले नै धोका दिएर अर्को धनाढ्यसंग बिहे गर्छे । प्रेमिकालाई धिक्कार्नुको साटो उसलाई ‘देखाइदिन’ र ‘प्रेम फिर्ता’ गर्न उसले अवैधानिक बाटो समातेर रक्सीको व्यापार गर्छ र धनाढ्य बन्छ । अनि त्यही प्रेमिकाको गाउँ छेउमा विशाल घर बनाएर ‘देखाउन’ थाल्छ पूर्व प्रेमिकालाई । तर ऊ नवधनाढ्यले पुरानो स्थापित धनाढ्यलाई खिच्न सक्दैन र उसैको फन्दामा उल्टै परेर उसको लीला समाप्त हुन्छ । यस्तो छ त्यो उपन्यासको कथा । साहसिक र मिहेनती भएर पैसा कमाउन चाह्यो भने जो कोहीले पनि पैसा कमाउन सक्छ भन्ने ‘अमेरिकी सपना’ को सफल प्रयोग हो यो उपन्यास ।
मैले यी ज्ञानेन्द्र दाहाललाई त्यही उपन्यासको नायक गेट्सवीमा देखें । ज्ञानेन्द्रका बुबा जमिन धेरै भएका व्यक्ति थिए । १३ बर्षको हुँदा ज्ञानेन्द्र आठ कक्षमा पढ्थे । उनले बाबुलाई शैक्षिक भ्रमणमा जानका लागि दुई सय रुपैयाँ मागे ।
‘कहिले पैसा राख्न दिएको थिइस् र माग्छस् ?’
बाबुको यो उत्तरले उनलाई भाउन्न भयो । त्यो उत्तरले उनलाई यतिबिध्न थिचेछ कि उनले त्यो थाम्नै सकेनन् । र निर्णय लिए—
यो बाबुको एक रुपैयाँ पनिन खाइकन मर्छु । त्यपछि एसएलसीपास गरेर साउदी अरब गए पैसा कमाउन । बिजुलीको काम गर्न सिकेका थिए यहीं हुँदै । उहाँ गएर उनले दुई वर्षमा पाँच लाख रुपैयाँ ल्याए । त्यो पैसाले उनले सानो इलेक्ट्रिक पसल खोले । आज किचन अप्लाएन्सको अर्को ठूलो पसल पनि छ । उनले आप्mना दुईवटा पसलमा १० जना मान्छेलाई रोजगारी दिएर राखेका छन् । र, उनीसंग वाइरिङ्ग गर्न हिंड्नेको एउटा ठूलो जत्था नै छ । त्यतिमात्र होइन, उनी मान्छेका घरमा वाइरिङ्गको काम गर्न ठेक्का लिने र रातभर काम गर्ने गर्छन् । आज उनले दुई करोड मूल्य पर्ने आफ्नै भिटामा बनेको होटल र लज छ ।
‘मेरो पसलको बाँकी उठ्न मात्र पचास लाखको हाराहारीमा छ ।’ उनको बोलीको प्राकृतिकता राम्ररी झल्किन्थ्यो ।
‘मेरो एउटा मात्र पसल नब्बे लाखमा किन्न पाटी आएका थिए । दिईँन ।’ उनी निरन्तर बोलिरहे । ‘आजपनि म रातभर वाइरिङ्ग गर्न जान्छु र मार्तल हान्छु रातभर ।
यी, मेरा हात हेर्नुस, ठेला उठेर फुटेर छाला फाटेर गएको ।’
उनले आप्mना फुटेकाहात देखाउँदै बोले ।
‘यो मेरी बूढी आँपैंm भाँडा माझ्छे । हामी आप्mनो काम आँपैंm गर्छौं । पाँच करोडकी मालिक्नी मेरी यो च्याँसी लेवर जस्तै भएर काम गर्छे ।’ श्रीमतितिर देखाउँदै उनले भने ।
‘मैले मेरा बाको आजसम्म कुनै सम्पत्ति लिईंनँ । अंश लिईंन । यो मेरो श्रृष्टि हो । तर यसपालि बाबुलाई एउटा घर बनाइदिएँ चौध लाखमा । पुरानो काठे घरमा बस्थे । माथिबाट राति झर्लान् भन्ने डर भयो ।’
‘अनि तपाइले घर बनाइदिंदा बाले केही भन्नु भएन ? असजिलो मान्नु भएन ?’
‘कहाँ मान्नु ? खुशीपो भए । तर बाबुआमा हुन् माया लाग्यो । यो सबै मैले जन्मिदा ल्याएको होइन । मर्दा लान्न पनि । मलाई सम्पत्तिको स्थायित्वमा विश्वास छैन ।’
‘तपाईले भोट हाल्नु भयो नि अस्ति संसदको र प्रदेशको चुनावमा ?’ मैले प्रशंग मोडें ।
‘दल चाहिन्छ । मेरो एउटा केटो बाइरिङ्ग गर्ने सिलसिलामा करेण्ट लागेर म¥यो । मेरो दाहिने हात थियो ऊ । अति नै भलाद्मी र मिहेनती थियो ऊ । मलाई यहाँसम्म आउन ठूलो हात उसैको थियो । म आपैंm रोएँ धेरै दिन । मेरो दुश्मन लागेर उसको परिवारलाई उचाले । मेरो दलका नेतामा पहुँच थिएन भने मेरो सर्वस्व हुन्थ्यो । यो सबै जान्थ्यो । तर म एक हप्तामा हिरासतबाट छुटें । त्यसैले मेरोमा काम गर्ने सबै केटाहरुलाई जाओ र आप्mनो पार्र्टीलाई भोट माग र जिताएर आओ भनेर पाँचदिन छुट्टी दिएँ दुईवटै चुनावमा । तर मैले उनीहरुलाई मेरो पार्टीमा भोट हाल्नु भनेर कहिल्यै भनिँन । पछि थाहाभयो, उनीहरु अर्कै पार्टीका रहेछन् । तर एक शब्द यसबारे आजसम्म बोलेको छैन उनीहरुसंग । उनीहरु प्रोफेसनल हुन् र हुनुपर्छ । राजनीति पेशामा छिराउनु हुँदैन ।’
उनी यसरी बोलिरहँदा उनकी श्रीमति उनलाई र मलाई एक टकले हेरिरहिन । मैले सोचेको थिएँ, उनको कुरामा श्रीमतिको कुनै समायोजन हुनेछ, प्रतिवाद हुनेछ । तर ती भाई भन्दा जिन्दगीको त्यो कहालीलाग्दो इतिहासको जिउँदो साक्षी त ती पो रहिछन् । उनका श्रीमानको त्यो धारा प्रवाहमा बिष्फोट भएको तिनको कहालीलाग्दो इतिहास तिनको धड्कन भएको रहेछ । आज ती इतिहासका पाइलाहरुले ती दुवै युवा दौंतरीलाई भावुक बनाइरहेको रहेछ । र, म पनि तिनको भावुकताको साक्षी बनें । उनको जीवनको यो अद्भूत सफलतालाई फेजराल्डको उपन्यासका नायक गेट्सवीको सफलता देखें । गेट्सवीको घरमा हुने अज्ञात मानिसहरुलाई दिने भब्य पार्टी जस्तै उनको होटल अगाडि आँगनमा प्राय हर साँझ ‘क्याम्पफायर’को आयोजना हुँदोरहेछ । उनको त्यो घर गेट्सवीको घर जस्तै लाग्यो ।
गैंडा मोह
विहान नौ वजे हाम्रो यात्रा सौराहा जंगल भ्रमण गर्ने कार्यक्रम थियो । साना गाडीको व्यवस्था भयो । महंगो मूल्य तिरेर गाडीमा सवार सुरु भयो जनावर र चरा हेर्न । हामीमा अतिनै धेरै उत्सुकता थियो जनावर र चरा हेर्ने । किन यस्तो भयो होला भनेर मनमा प्रश्न गरें । जीवनभर मान्छेका अनुहार हेरेर बाँचियो । तर मान्छे कहिल्यै भेट्न सकिएन । र आँपूm पनि कहिल्यै पनि मान्छे बन्न सकिएन । मान्छेको भीडमा बसर पनि मान्छेको झण्डा बोक्न नसकेको यो कहालिलाग्दो समयकोे कालखण्ड थियो त्यो ।
हामी भाडाका ट्याक्सीमा जंगलको सफर सुरु गर्दा सबैमा उत्तेजना थियो । यद्यपि हामी धेरै जनाको त्यो पहिलो भ्रमण थियो । तथापि प्रकृतिको काखमा केही समय भएपनि रुमल्लिन पाउँदाको मज्जै बेग्लै थियो । मान्छेको र कंकृटको जंगलबाट केही क्षण भएपनि प्रकृतिको काखमा रमाउन पाउनु सुखमय थियो । मैले यसै बेला डेभिड लरेन्सको उपन्यास ‘फार फ्रम द म्याडिङ्ग क्राउड’ (पागल भीडबाट टाढा) को संझना आयो । सायद मैले पनि यही अनुभूत गरें ।
हामी जंगल सफारीमा एउटा केटाले हाम्रो अगाडि उभिएर आँपूmलाई ‘गाइड’ भएको घोषणा ग¥यो । उसले हाम्रो अगाडि उभिएर हामीलाई छेल्न बाहेक केही पनि गरेन । हामीले नै चरा र जनावर देखेपछि चालकलाई गाडी रोक्न भन्थ्यौं ।
‘उ, उ, मृग ।’ देवी दाहाल दाईले औंलाले देखाउनुभयो । त्यो गाइड भनाउँदाको भन्दा त देवी दाइका आँखा तीखा रहेछन् भन्ने लाग्यो । तर पनि सबैको ध्यान गैंडा हेर्ने थियो । तर त्यो कतै भेटिएन । तर भेटिएको एउटा नौलो अनुभूति गराउने चरो थियो मयुर । पोथी सुन्दर हुने प्रकृतिको नियमलाई यसले चुनौती दिइरहेको थियो । भाले मयुरको सुन्दरता उसको प्वाँखले पोखिरेहेको थियो । तर पोथी मयुरहरु भाले मयुर जस्ता सुन्दर थिएनन् ।
हाम्रो जंगलको यात्रा सकियो, तर गंैडा र बाघ कतै देखिएनन् । ती ब्रम्हाजी जस्तै भए । निराकार । भरे तिलचन्द्र सरले फेसबुकमा एउटा फोटो हालेको देखियो । त्यसमा गैंडा पनि थियो ।
‘यो फोटो फेक हो ।’
‘उहाँहरुले गैंडा देख्नु भएकै हो ।’
मिश्रित प्रतिकृया आए । जे भएपनि हामीले गैंडा देखेनौं । उहाँहरुले देख्नुभयो । गैंडा देख्नु एउटा महानकार्य सिद्धि गर्नु जस्तै भएछ उसबेला ।
पेडा र गीत
त्यसपछि हामी पूर्व लाग्यौं । चन्द्रनिगाहपुरको गौतम होटलमा खाना खाएर पूर्व हानियौं ।
इात्रामा तीन वटा कुराले त्यो समयलाई रंगीन बनायो । पहिलो, भागवत दाईको पुस्तक प्रेम । उहाँले नेपाली साहित्यका नयाँ कितावहरु पढ्ने गर्नुहुँदो रहेछ । यो कुरा मलाई थाहा थिएन । उहाँले कुमार नगरकोटीका आख्यान राम्रो लागे पनि झण्झटिला देख्नुभएछ । अरु पनि समकालिन लेखकहरका किताव निरन्तर पढिरहनुहुँदोरहेछ । उहाँको पुस्तक प्रेमलाई मैले श्रद्धाले सम्मान गरें ।
दोश्रो, बाजेको पेडाको अभिव्यञ्जना । कतै ‘बाजेको असली पेडा’ भनेर बाहिर बोर्डमा लेखिएको थियो भने कतै ‘असली बाजेको पेडा’ भनेर लेखिएको थियो । पेडा असली भन्न खोजेको हो कि बाजे असली ? भाषाको यो सामान्य कुरामा मानिसले कत्तिपनि ध्यान दिइरहेका हुँदैनन् ।
र तेश्रो, गीतको बाढी । गाडीमा साथीहरु दोहोरी गीतको, अन्ताक्क्षरीको मज्जा लिएर बाटोको तिक्ततालाई न्यून गर्दै थिए । समय र यात्राको गन्तब्यलाई छोट्याउने यो एउटा गतिलो साधन थियो । र, हामी राति १० बजे दमक आइपुथ्यौं । लामो थकानबाट मूक्त भयौं ।
यात्रा लामो पनि लागेन । यात्रा झुर पनि लागेन । यात्रा बोझ पनि लागेन । यात्रा मेरो लागि एउटा रचनागर्भ र श्रोत बन्यो ।