एससलसी पछि उ सहरतिर पढ्न लाग्यो । उसलाई सहरको रौनकले खिचिरहेको थियो । केही महिनामै उसका कलेजका र कलेज बाहिरका पनि थुप्रै साथिहरु बने । उ घरपरिवार, छरछिमेक, इष्टभित्र सबैसँग प्रिय थियो । साथीबाट साथी थपिँदै गइरहेका थिए । कलेज जाने क्रममा उसले एउटी प्रेमिका बनाउन सफल भएको थियो । जसलाई उ असाध्यै माया गथ्र्याे र प्रेमिकाले पनि उत्तिकै माया गर्थिन । राम्रा र नराम्रा साथीहरु छुट्याउन सकेन । तिनै साथीहरुको लहै लहैमा लागेर लागुपदार्थ दुव्र्यसनको शिकार हुन पुग्यो । घर, परिवार भन्दा पहिला छरछिमेक र आफन्तले थाहा पाए । उनीहरुको उ प्रतिको हेर्ने नजर बदलिँदै गयो । घरमा आमा बुवाले सम्झाई बुभाई गर्दा नभएपछि सुधार केन्द्रमा लगभग १ वर्ष रहेर दुव्र्यसनबाट मुक्त भएर घर आयो । आफूले अब पहिलेको सबै कुरा भूलेर नयाँ जीवन जिउने भनि सकारात्मक सोच लिइ अघि बढ्न खोज्यो । साथीभाई, समाज र प्रेमिकाको हेर्ने दृष्टिकोण फेरिएको र उनीहरुबाट भएको अपहेलनाको महसुस गर्यो । आफूले पहिले जस्तै कोहीबाट माया र अघि बढ्न साथ नपाएको कुरालाई लिएर मष्तिष्कमा गहिरो छाप बस्यो । त्यहीपनि उसले घरपरिवारको साथमा रहेर सरल तरिकाले जिउन हिम्मत गर्यो । आफूले बाँच्न चाहेर पनि समाज र आफन्तको व्यवहारले पटक पटक मारिदिने रहेछ भन्ने कुरालाई मनन गर्यो र अन्त्यमा आत्महत्याको बाटो रोज्न पुग्यो ।
