दमक, ०६ वैशाख । चैते दशैंको अवसरमा दमक नगर पालिकाको आयोजनामा बुधबार नगर परिसरमा मौलो पूजा गरिएको छ ।

बारुण यन्त्र सहित अन्य यातायातको साधनको वैदिक विधि अनुसार नवदुर्गाको पूजाआजा गर्दै मौलो पूजा सम्पन्न गरिएको नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले जनाइन् । दमक नगर प्रहरी, बारुण तथा बिपद राहत उपशाखा टिमको सक्रियतामा पूजाको आयोजना भएको थियो ।

नगर प्रमुख राम कुमार थापाले चैते दशैंका सन्दर्भमा सम्पूर्ण नगरवासीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । कसैलाई भवितव्य आइनपरोस् भन्ने कामनाकासाथ चैते दशैंमा नव दुर्गाको पूजा अर्चना गर्दै पञ्च बली दिने परम्परा रहेको छ ।

Author

You may also like