पालिका गतिविधि

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

२१ साउन, दमक । झापाको कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले आइतवार सूचना निकालेर पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता तथा सदस्यता नविकरण गर्न नपाउने निर्णय गरिएको जनाएका छन् ।
शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्य कारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने जनाइएको छ ।
नेपाली कांग्रेसको क्रियासिल सदस्यता नविकरण कार्य हाल सञ्चालन भईरहेको र कतिपय शिक्षक तथा कर्मचारीहरुले सदस्यता नविकरण गरेको पाईएपछि पालिकाले त्यस्तो सचेत गराएको उनले स्पष्ट पारेका छन् । उनले पालिकाका शिक्षक वा कर्मचारीहरुले राजनीतिक दलको सदस्यता नविकरण गरेको पाईएमा कडा प्रचलित कानुन अनुसार कारवाही गरिने सूचनामा उल्लेख गरेका छन् ।

Author

You may also like