शिक्षा

च्याउ खेतीमा सर्वोदयका विद्यार्थी

दमक/ विद्यार्थीहरुमा सञ्चालन गरिएको किताबरहित कक्षा (बुक फ्री क्लास) अन्तर्गत दमक ५ स्थित सर्वोदय इङलिस स्कूलका विद्यार्थीहरुले च्याउ खेती गर्न सिकाइएको छ ।

प्रत्येक साताको सोमबार बुक फ्री डेका रुपमा व्यवहारिक सीप सिक्ने क्रममा च्याउ खेती सिकेको प्याव्सन दमक नगर समितिका सचिव समेत रहेका सो विद्यालयका प्रिन्सिपल नविन योगीले बताए । विद्यार्थीहरुले च्याउ खेती लगाउने विज्ञ किसानबाट किताबरहित कक्षामा सिकेको सीपलाई उपयोग गर्दै लगाएको च्याउ खेती सफल भएर खान योग्य अवस्थामा पुगेको जनाए ।

विद्यार्थीहरुले उत्पादन गरेको च्याउ दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईलाई उपहार स्वरुप प्रदान गरेका छन् ।

पछिल्लो समय विद्यार्थीहरुमा कक्षाकोठाभित्र किताबी ज्ञानका अतिरिक्त सातामा एक दिन किताबरहित शिक्षा प्रदान गर्ने अभ्यासलाई धेरै संस्थागत विद्यालयहरुले पनि अघि बढाउन थालेका छन् । यस किसिमको शिक्षाले बालबालिकामा आत्मनिर्भरताकालागि समेत अभिप्रेरित गर्ने विश्वास लिइएको नगर प्रमुख थापाले विश्वास व्यक्त गरेका छन् ।

Author

You may also like