दमक, दमक–९ का तीन ओटा सामुदायीक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । वडा समितिले प्रत्येक विद्यालयका ५०÷५० विद्यार्थीलाई जुत्ता, मोजा र स्विटर वितरण गरेको वडा सदस्य समिन रिजालले जानकारी दिए ।
महालक्ष्मी आधारभूत विदालयमा शुभारम्भ गरिएको कार्यक्रममा वडाअध्यक्ष रामबहादुर धिमालको अध्यक्षता रहेको थियो भने नगरप्रमुख रोमनाथ ओली प्रमुख अतिथी रहेका थिए । महालक्ष्मी र पाणिनी माविमा वडाध्यक्ष धिमालको र सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडासदस्य रिजालको अध्यक्षतामा कार्यक्रम भएको जनाईएको छ । वडा समितिले वडाका सामुदायीक विदालयमा अध्ययन्रत विपन्न समुदायका विद्यार्थीहरूलाई कपडा र जुत्ता प्रदान गरेको हो ।