दमक, १२ भदौ-
नेपाली र सामाजिक विषयका शिक्षक लक्षित एकदिने शिक्षण पद्धति पाठ्यक्रम विमर्श तथा सृजनात्मक शिक्षण कार्यशाला बिहीबार दमकमा सम्पन्न भएको छ ।
दमक प्याब्सन र ऐरावती प्रकाशन प्रालिको संयुक्त आयोजना एवं ऐरावती प्रकाशनको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, कवि, समालोचक तथा नेपाली पाठ्यपुस्तक लेखक प्रा. डा. देवी नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, पाठ्यपस्तक लेखक, पाठ्यक्रम विज्ञ तथा साहित्यकार डा. गणेश भट्टराईले कार्यशालाको सहजीकरण गरेका थिए ।

दमक, गौरादह र कमल गाउँपालिका का सामुदायिक तथा संस्थागत विद्यालयका विषयगत शिक्षकको सहभागिता थियो । कतिपय सहभागी शिक्षकले सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षक एउटै कोठामा बसेर कार्यशालामा सहभागी हुँदा अनुभव साटासाट समेत भएको बताएका थिए ।
कार्यक्रमको संयोजन दमकको सप्तश्री एकाडेमीले गरेको थियो । एकाडेमीका संस्थापक प्रिन्सिपल रमेश बस्नेतले नेपाली र सामाजिक विषयका शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई अध्यापन गराउन सजिलो विषय नभएको बताए । उनले भने ‘सामाजिक पढाउने ले पनि नेपाली पठाएको छ । नेपाली पढाउने शिक्षकले पनि सामाजिक पढाएको छ ।’ जुन विषयमा जुन शिक्षक अब्बल छ, त्यो विषय मात्र शिक्षकले अध्ययन-अध्यापन गर्न गराउन सहज हुने उनले बताए ।

Author

You may also like