खेल शिक्षा

राष्ट्रिय खेलकुदमा हिमाविको सहभागिता

दमक, १८ चैत। प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले देशव्यापी रूपमा आयोजना गर्ने खुला प्रतियोगिताकालागि दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयलका दुई जना विद्यार्थी सहभागि हुने भएका छन् ।

आगामी चैत २६ र २७ गते भरतपुर तालिम केन्द्रमा आयोजना हुने प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० का लागि उनीहरूलाई हिमाविका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूले शुभकामनासमेत प्रदान गर्दै विद्यार्थीलाई बिदाई गरेका छन् ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले उनीहरूलाई खादा र टीका लगाई बिदाई गरेका थिए । कक्षा १२ व्यवस्थापनको सेक्सन एफ मा अध्ययनरत समीक्षा परियार दुई सय मिटर र चार सय मिटर दौडतर्फ झापा जिल्ला हुँदै कोसी प्रदेशबाट जित निकालेर छनोटमा परेकी हुन् । त्यसैगरी, कक्षा ११ शिक्षा सेक्सन सी मा अध्ययनरत एलिना लिम्बू पनि ज्याबलिङ थ्रोतर्फ जिल्ला, प्रदेश हुँदै छनोटमा परेकी हुन् । आयोजनाअघि उनीहरूलाई प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेश विराटनगरले इटहरी रङ्गशालामा यही १७ चैतदेखि २४ गतेसम्म थप प्रशिक्षण दिने प्रशिक्षक सुमन भण्डारीले जानकारी दिए ।

You may also like