मुख्य शिक्षा समाचार स्थानीय

दुर्गाबाट श्रीमानको स्मृतिमा क्याम्पसमा अक्षयकोष

दमक, १९ चैत /
सामाजिक तथा शैक्षिक सेवामा सक्रिय दमक दमक ९ निवासी पूर्व शिक्षक दुर्गादेवी खनाल (काफ्ले)ले आफ्ना स्वर्गीय पति मुकुन्द काफ्लेको स्मृतिमा दमक बहुमुखी क्याम्पसमा मुकुन्द काफ्ले स्मृति अक्षयकोष स्थापना गरेकी छन् ।
पतिको जन्मजयन्तीको अवसर पारेर दुई लाख रुपैयाँको कोष स्थापना गरेकी हुन् । दमक बहुुमुखी क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक रुपमा विपन्न परिवार तथा असाहय विद्यार्थीहरुको शैक्षिक निरन्तरतामा सघाउने उद्धेश्यले सो कोषको स्थापना गरिदिएकी क्याम्पस प्रमुख यज्ञराज (राम) गिरीले जानकारी दिए ।
पाणिनी मावि दमक ९ मा लामो समय अध्यापन गराएर शिक्षण पेशाबाट अवकाश लिएकी काफ्लेले गत माघमा दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् । उनले शिक्षण पेशामा रहेकै बखत सोही विद्यालयमा नियमित रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउँदै आएकी छन भने झापा जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री, छात्रवृत्ति आदि प्रदान गर्दै आएकी छन् ।

Author

You may also like