इलाम, १९ चैत /
‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ इलाममा आयोजित दुई दिने ‘इलाम साहित्य महोत्सव’ सम्पन्न भएको छ ।
इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा आयोजित महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद सम्पन्न भयो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे एकै थलोमा अन्तरसंवाद भएको थियो ।
महोत्सवमा शनिबारको अन्तिम सेसनमा ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस भएको थियो । सोही दिन ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कणर्बीच बहस भयो भने ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस सम्पन्न भयो । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाबीच संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङले बहस गरेका थिए ।
त्यस्तै, ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेय तथा ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा. कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेली र ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा. ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस सम्पन्न भयो ।
यसअघि शुक्रबार पनि नौवटा विषयमा बहस भएको थियो । जसमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘नेपालको संरचनागत सङ्कट र दिगो समाधान’ विषयमा सम्भाषण गरेका थिए । त्यसैगरी ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वणर्िम वाग्लेको प्रस्तुति थियो भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस चल्यो । ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस भएको थियो ।
सोही दिन ‘संघीयताः यस्तै वा कस्तो ?’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदी, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाबीच बहस भयो भनें ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा. अरुण गुप्ता र राजन मुकारङ, र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतबीच बहस भयो । महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, चिन्तक, लेखक, राजनीतिकर्मी, कलाकारलगायत दुई सयभन्दा बढीको सहभागिता थियो । इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

Author

You may also like