खेल

जिल्लास्तरीय रनिङ सिल्ड

बिर्तामोड, ७ माघ । झापा जिल्लास्तरीय १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्जुनधारा नगरपालिकामा सुरु भएको छ ।

अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा एक कार्यक्रमबीच कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले उद्घाटन् गरेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन भएका छन् । जिल्लाका १५ पालिकाका सहभागिबीचको प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पालिकास्तरबाट छनोट भएकाहरु जिल्लास्तरीय प्रतिष्पर्धामा सहभागि भएको आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जनाए ।

सोही अवसरमा १३ औं राष्ट्रपति रनिङ सिल्डको विजेता बन्न सफल अर्जुनधारा नगरपालिकालाई सम्मान गरिएको थियो । पहिलो दिन भलिबल, कबड्डी र उुसुका खेलहरु भएका छन् ।

Author

You may also like