बिर्तामोड, ७ माघ। फागुन १४ मा हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि आइतबार एकजना स्वतन्त्र सहित ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यही फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यवसायिक प्यानल र लोकतान्त्रिक व्यवसायिक प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिने राई एक मात्र उम्मेदवार हुन् ।
निर्वाचनमा अर्जुनकुमार मैनाली र राजु न्यौपाने नेतृत्वबीच प्रतिस्पर्धा हुने भएको छ । अर्जुन स्वतन्त्र गठबन्धन र राजु लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार हुन् । स्टिल तथा अलिमिनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
अर्जुनको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।
यसैबीच, लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । सो समूहको खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् ।
निर्वाचनमा १२ जना पूर्व अध्यक्ष सहित पाँच हजार ६६१ मतदाता रहेका छन् ।