मुख्य

श्रीकृष्ण रथायात्रा ब्यवस्थापनमा नयाँ समिति

दमक, ४ चैत। श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ ।

जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष सुनिल अग्रवाल, सचिव प्रेम भट्टराई, सह सचिव कृष्णप्रसाद अधिकारी र कोषाध्यक्ष इन्दु बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, रामप्रसाद चाम्लिङ, सीमा अग्रवाल, गायत्रा लामिछाने, पारश आचार्य, देवी गिरी, हरी अधिकारी र शेखर खड्का रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापा, विशिष्ट अतिथि उपमेयर रेगिना भट्टराई, अतिथिहरु उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं, पशुपति आध्यात्मिक महिला समूह अध्यक्ष डोयना दाहाल लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन समितिको संयोजक डम्बर बराल, सदस्यहरु मुकेश अग्रवाल र आरसी अधिकारी रहेको समितिले नवगठित समितिको घोषणा गरेको जनाइएको छ । समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेम भट्टराईले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका सहसचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

साधारण सभाले बिधान संसोधनसहित २०८०/०८१ का लेखा परिक्षण अध्यक्षबाट प्रश्तुत प्रतिवेदन,२०७९/०८० सम्मको आर्थिक प्रतिवेदन समेत पास गरेको संस्थाका सचिव भट्टराईले जानकारी दिए ।

Author

You may also like