शिक्षा समाचार स्थानीय

भूपू सैनिकको २६ औं वार्षिकोत्सव

पथरी, २१ फागुन /
पथरी शनिश्चरे १ स्थित भूपू सैनिक अंग्रेजी विद्यालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
२ दिनसम्म सञ्चालित कार्यक्रममा विद्यार्थीहरुका गीत, नृत्य सहितका सांस्कृतिक प्रस्तुति सम्पन्न भए । कार्यक्रममा कक्षा उतीणर् तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल उपेन्द्र कँडेलले बताए । कार्यक्रममा पथरी शनिश्चरे नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले सो विद्यालय नगरको उत्कृष्ठ शैक्षिक गुणस्तरयुक्त विद्यालयमध्येको एक रहेको जनाए । कार्यक्रममा १ नम्बर वडाध्यक्ष भीमकुमार राई सहितले शुभकामना मन्तव्य व्यक्त गरे ।
०५४ फागुन १९ मा सार्वजनिक शैक्षिक गुठीका रुपमा भूपू सैनिकहरु संगठित भएर विद्यालय सुरु गरेका थिए । हाल ३ सय बढी गुठियार रहेका छन् । विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ११ सम्मका गरी ६ सय ६५ विद्यार्थी अध्ययनरत छन् ।

Author

You may also like