दमक,१५ फागुन। दमकको बालुवाटार काण्डले चर्चित सार्वजनिक जग्गा अपचलनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा माओवादी केन्द्रका नेता रेवतराज (गगन) पुरी सहित १७२ जनालाई जग्गा जफत प्रयोजनका लागि बिगो माग दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । झापाको दमक–८ मा रहेको सो जग्गा अपचलनमा नेता पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले मुद्दा दायर गरेर प्रतिवादी बनाइएकामा अधिकांश नेता पुरीका परिवारका सदस्य, नजिकका र राजनीतिक सहयात्री समेत रहेको पाइएको छ । प्रतिवादी बनाइएकाहरुमा शुरु जग्गा दर्तावाला, मालपोत र नापीका कर्मचारीहरु रहेका छन् ।
शुरु जग्गा दर्तावाला प्रतिवादीहरुमा नेता पुरीकी श्रीमती केशावती पुरीविरूद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियारको प्रेस विज्ञप्तिमा जनाइएको छ । रेवतराजकी आमा मनमाया पुरीविरूद्ध ५ करोड ७० लाख २८ हजार ३८० रुपैयाँ बिगो माग गरिएको छ । यस्तै, देवकुमार पुरीविरूद्ध ५२ लाख ८४ हजार २६०, डिल्लीराम पुरीविरूद्ध ८२ लाख ९२ हजार २८३, देवरुपा पुरीविरूद्ध ४ करोड ३२ लाख ६२ हजार ७८०, ममता पुरी घिमिरेविरूद्ध १ करोड २८ लाख ७० हजार, माया पुरी पाण्डेविरूद्ध १ करोड २० लाख ५७ हजार ५८०, कृष्णकुमार पुरीविरूद्ध ९१ लाख चार हजार ४४०, प्रेमकुमार पुरीविरूद्ध १ करोड ९४ लाख ६३ हजा ३३२, कुलबहादुर दाहाल विरूद्ध १ करोड ७ लाख रुपैयाँ बिगो माग गरिएको छ । त्यस्तै कृष्णबहादुर विश्वकर्मासंग ४ लाख १८ हजार ७२५, कौमारी बस्नेतसंग ३१७६६०, खड्गबहादुर दाहाल संग १ करोड ७ लाख, गीतादेवी शर्मा ५ लाख ४४ हजार, गोपाल अधिकारीसंग १ लाख २३ हजार २४०, जंगबहादुर थापा संग ६७ हजार ७०७, ताराबीर विष्ट संग ४२ लाख ४ हजार २००, तेजबहादुर दाहालसंग १ करोड ९ लाख २० हजार, थानबहादुर दाहालसंग १ करोड ७ लाख , धनबहादुर थापा संग ६ लाख ४८ हजार ८३०, प्रेमकुमारी पञ्जियार (साह) २८ लाख २५ हजार ४१०, बालकुमारी यादव संग ४ लाख ६८ हजार २८००, वुद्धिमान राईसंग २ लाख ३ हजार १०५, भिमसेन प्रसाद अधिकारी संग ३८ लाख ५ हजार ३६०, युवराज थापासंग ४ लाख २० हजार ४०२, लक्ष्मीमाया थापासंग १४ लाख ५३ हजार ७०७, विमलादेवी पौडेलसंग १६ लाख ५२ हजार ४० विगो मागदावी गरिएको पाइएको छ ।
यस्तै, मुद्दामा नापी कार्यालय झापाका तत्कालीन प्रमुख शशिकान्त झा र उनकी श्रीमती अनारदेवी झालाई ३० करोड २ लाख ७१ हजार ९२६ रुपैयाँ बिगो माग गरिएको अख्तियारको सो प्रेस विज्ञप्तिमा उल्लेख छ । रेवतराज र उनकी श्रीमती केशावतीलाई यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दमा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक सहित १७२ जनाविरुद्ध जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । दायर मुद्दामा प्रतिवादी बनाइएकाहरुमा दमक र चन्द्रगढीको नापी र मालपोत कार्यालयका कर्मचारीहरुको संख्या निकै लामो रहेको छ ।