मुख्य

हाजिरी जवाफमा ग्लोबल प्रथम

दमक/ झापाको दमक–८ स्थित डिपीएल टिन्स बोर्डले आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सामुदायिक र संस्थागत गरी ११ ओटा विद्यालयबिच हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ । सहभागी टिममध्ये दमक–६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीबाट सहभागी प्रसिद्ध ढुंगाना, गुञ्जन बाँस्तोला र प्रसन्न घिमिरेको टिमले प्रथम स्थान हासिल गरेका छन् भने दमककै हिमालय माविले दोस्रो र मदरल्याण्ड माविले तेस्रो स्थान ओगटन सफल भएका छन् ।
मारवाडी सेवा समितिको सभाहलमा भएको सो कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका कार्यवाहक नगर प्रमुख भिम पौडेल रहेका थिए भने डिपीएल अध्यक्ष गौरब घिमिरेको सभापतित्वमा सम्पन्न्न सो कार्यक्रम पुर्णिमा तिम्सिनाले संचालन गरेकी थिइन् ।

Author

You may also like