पालिका गतिविधि स्वास्थ्य

पोषण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

दमक,२० माघ | दमक नगरपालिकाले नगर भित्र रहेका बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम सन्चालन गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा नगरभित्रका संस्थागत तथा सामुदायिक बिद्यालयका ४० जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको नगर उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरेकी थिइन् । किशोरी उमेरमा आवश्यक पोषण नपुगेमा आवश्यक शारिरिक बिकाश नहुने भएकोले सबै किशोरीहरुलाई नछुटाई भिटामिन खुवाउन उनले आग्रह गरिन् । बिद्यालय जाने बालबालीका आफ्ना आमा बुबासँग भन्दा धेरै समय शिक्षक शिक्षिकाहरुसंग रहने भएकाले बिद्यार्थीहरुलाई पनि आफ्नै सन्तान जस्तै माया दिएर शिक्षादिक्षा दिनु पर्ने उनको भनाइ छ ।

बिद्यालयमा अध्ययनरत १० बर्ष माथिका किशोरीहरुलाई खुवाईने आईरन चक्की र फोलिक एसिडको बिषयमा शिक्षक शिक्षिकाहरुलाई जानकारी गराईएको नगरपालीकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । नगरभित्रका सबै बिद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई बिद्यालयमै उक्त भिटामिन खुवाईने गरेको र सो को बिषयमा जानकारीमुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

किशोरी उमेरमा आवश्यक पर्ने भिटामीन र मिनरल्सको पुर्ति गर्न किशोरीहरुलाई खुवाईने आईरन चक्कि र फोलिक एसिड नगरपालीकाले उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य तथा पोषण सम्बन्धि कार्यक्रममा नगरपालिकाका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराई, जन स्वास्थ्य निरिक्षक बिनोद खनाल र स्वास्थ्य शाखाका कर्मचारी देविका अर्यालले सहजिकरण गरेका थिए ।

Author

You may also like