शिक्षा

चुलाचुली माविमा साँस्कृतिक कार्यक्रम

दमक । दमक १ स्थित चुलाचुली अंग्रेजी माविले २८ औं अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालय परिषरमा शुक्रबार आयोजित कार्यक्रमकाबीच अभिभावक दिवस हर्षोल्लासपूर्वक मनाइएको हो ।

बिद्यालयका संस्थापक निर्देशक मनोजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न गीत, संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति प्रश्तुत गरेका थिए ।

कक्षा २ का बिद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कक्षा ५ की छात्रा युंगना मगरले स्वागत मन्तव्य राखेकी थिइन् ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत प्रविण खडकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका अभिभावकहरुबीच महिला र पुरुषका अलग अलग म्यूजिकल चियर लगायतका खेलकुद तथा अन्य रोचक कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो ।

बिद्यालयका प्रिन्सिपल चन्द्रप्रकाश राईका अनुसार २०३७ सालमा स्थानीय समुदायको शैक्षिक आवश्यकतालाई मध्यनजर गरेर स्थापना भएको सो बिद्यालयका उत्पादन (बिद्यार्थीहरु) अहिले पनि देश विदेशमा ख्याति कमाएका छन् । कला, खेलकुदका अतिरिक्त राष्ट्रसेवक कर्मचारीका रुपमा रहेर पनि यो बिद्यालयका भुतपूर्व बिद्यार्थीहरुले योगदान दिइरहेका प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए ।

बिद्यालयमा हाल एक हजारबढी बिद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक राईले बिद्यालयलाई यो अवस्थामा पु¥याउन अभिभावकहरु र यहाँका समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा फाल्गुनन्द टोल बिकास संस्था दमक १ का अध्यक्ष कमल आङदेम्बे, सामाजिक अगुवा श्रीप्रसाद वनेम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षकद्धय रमन दाहाल र कृष्ण भण्डारीले गरेका थिए । कार्यक्रममा ठूलो संख्यामा अभिभावकहरुको उपश्थिति राहेको थियो ।

You may also like