राष्ट्रिय

हत्याकाण्डको भ्रम फैलाइयो : पूर्वराजा

काठमाडौँ, १४ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रम फैलाएको बताएका छन् ।

वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको बताउँदै त्यसखाले कुरा अनर्गल भएको दावी गरे । उनले आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायी अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर देश बर्बाद नहोस् भनेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा आफ्नो दायित्व निर्वाह गरेंको उल्लेख गरे । उनले भने ‘तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।’ सो क्रममा उनले थपे ‘जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाए । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

You may also like