अर्थ

आत्मनिर्भर नहुँदा अर्बाैं बाहिरिँदै

दमक, ११ माघ। नेपाल अत्यावश्यक बस्तुमा आत्मनिर्भर बन्न नसक्दा अर्बाैं बाहिरिँदै छ । चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग तथा फर्महरूमार्फत हालसम्म कूल १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ मुनाफा बाहिरिएको उद्योग विभागले जनाएको हो ।
यस्तो मुनाफा अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो । तुलनात्मक रूपमा यो वर्ष ८६.०३ प्रतिशतले मुनाफामा गिरावट आएको हो । यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानी प्रतिबद्धता भने बढ्न पुगेको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ सय २६ वटा परियोजनाका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सोमध्ये २८ परियोजनाका लागि ४ अर्ब १ करोड ३ लाख ९ हजार रुपैयाँ सेयर खरिद तथा साझेदारीबापत प्रतिबद्धता आएको छ भने ३१ परियोजना प्रविधि हस्तान्तरण सम्बन्धी सेवा क्षेत्रमा आएको छ ।
औद्योगिक क्षेत्रमा हालसम्म ६ हजार ८५ परियोजनाका लागि ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता पुगेकोसमेत विभागले जनाएको छ । यस्तो लगानीमार्फत ३ लाख २१ हजार २६४ जनालाई रोजगारी प्रदान गरिएका समेत विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
कूल लगानी प्रतिबद्धताअनुसार अधिकतम ४५ प्रतिशत पर्यटन क्षेत्रमा आएको छ । आर्थिक वर्षमा पर्यटनसँग सम्बन्धित होटल तथा पर्यटन क्षेत्रमा १०३ वटा परियोजनाका लागि १० अर्ब बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यसैगरी, अन्य सेवा क्षेत्रमा ३७ प्रतिशत अर्थात् ८ अर्ब २६ करोड रुपैयाँ, औद्योगिक उत्पादनको क्षेत्रमा २ अर्ब २३ करोड रुपैयाँ, आईसीटी क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ, पूर्वाधार र कृषि क्षेत्रमा समान ९३ करोड ८१ लाख रुपैयाँ र खानिजन्य क्षेत्रमा ४६ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक लगानी र उत्पादनमार्फत सरकारले १ अर्ब ४ करोड १६ लाख ८६ हजार रुपैयाँ रोयल्टी (राजस्व) संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रोयल्टी ९४ करोड ७१ लाख २९ हजार रुपैयाँ संकलन गरेको थियो ।
नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड खरिदमा मात्रै बाहिरिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो । सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । सो बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व
आत्मनिर्भर……
संकलन गरेको छ । नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट सो प्याड भित्र्याइएको हो । यस्तै, ६ महिनामा ५४ हजार किलो बराबर २ करोड ४१ लाख ७६ हजार रुपैयाँको नेपकिन आयत भएको छ ।
चीन, मलेसिया, भारत र अमेरिकाबाट सो नेपकिन आयात गरिएको विभागले जनाएको छ । सो बापत सरकारले ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८५ लाख पिस डाइपर आयात भएको छ । सो डाइपर आयात गर्दा १ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । सोबाट सरकारले ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

You may also like