कला/साहित्य/संस्कृति प्रवास फिल्मी खबर

तुलसी घिमिरेसँग अन्तरक्रियात्मक संवाद

दमक, ५ माघ / साहित्य अकादमी दिल्ली र जोरथाङ्द्वारा आयोजित कार्यक्रममा नेपाली चलचित्रका मुर्धन्य निर्देशक तुलसी घिमिरेसँग अन्तरक्रियात्मक संवाद सम्पन्न भएको छ ।
निर्देशक घिमिरेसहित साहित्य मञ्च, नारी चेतनासँग ब्यक्तित्व एवं कृतित्व चर्चाको कार्यक्रम भएको सिक्किमकी साहित्यकार जयन्ति मुखियाले जनाइन् । कृतित्व सम्बन्धी कार्यक्रममा चलचित्र निर्देशक घिमिरेले आफ्नो जीवनयात्राको तिता मिठा अनुभूतिहरु प्रस्तुत गरेर मन्त्रमुग्ध बनाए । अनि सहभागिबीच उनीसँग अन्तरक्रिया समेत भयो ।
कार्यक्रममा, साहित्यिक मञ्च अन्तर्गत अकादमिद्वारा चयन भएका रवि रोदन, आदर्श मिलन प्रधान र सेसिल मुखियाले आफ्ना रचना प्रस्तुत गरेका थिए । दोस्रो खण्डमा नारी हस्ताक्षरहरु सुधा एम राई (गान्तोक) ,पवित्र लामा (दार्जीलिङ) निर्दोशिका तामाङ (सिलिगुडी) र तारमीत लेप्चा देन्ताम (पश्चिम सिक्किम) ले कविता र गजल प्रस्तुत गरे ।

You may also like