हामी अहिले एउटा अकल्पनीय समयलाई काँधमा बोकेर हिंडिरहेका छौं ।
त्यो समयले गाली गरिहरको छ । मूलतः राजनीतिक दलका शीर्ष नेतालाई गाली गरिरेको छ । त्यही गाली गरेको सुन्न बाध्य छौं हामी आज । तिनको चरित्र त्यस्तो भएर हो वा हाम्रो चरित्र उस्तो भएर हो, निर्योल गर्न गाह्रो भएको छ ।
यसको उत्तर खोज्न म इतिहासको एउटा दिनमा फर्किएको छु अहिले । २०७० साल असारको प्रचण्ड गर्मी थियो । यसले हामीलाई बिहान सवेरै उठेर हिंडन प्रेरित गर्दथ्यो । हामी बिहानै काठमाडौबाट सिन्धुपाल्चोकको तातोपानी यात्राको निम्ति निस्क्यौं । काभ्रेको बनेपा आइपुग्दा मुख ह्वास्स गन्हायो । अमिलो पानी आयो । ढ्याउ आयो । आप्mनै मुख नमिठो भएकोले चिया खान मन लाग्यो र हामी सडकको छेवैको पसलमा पस्यौं । केहीबेर पर्खिनु पर्ने भयो दूध आइनपुगेकोले । हामो गाडी सडकमा रोकेर गाडीको ड्राइभरले उसको सहचालकलाई गाडी मुनि पसेर ट्यूवको हावा चेक गर्न भनेछ । सहचालक गाडी मुनि पसेर हावा हेर्दै थिएछ, ऊ बाहिर ननिस्किइकन ड्राइभरले गाडी स्टार्ट गरेर अगाडि बढायो । दुईवटा टायरको बीचमा सुतेर ज्यान जोगाउन सफल भयो उ । ऊसको छातीमाथिबाट गाडी कुद्यो । मान्छे गाडीको राजमार्ग भएर पनि बाँच्न सक्दो रहेछ भन्ने पनि देखियो ।
एकाविहानै भएकोले थोरै मान्छेले मात्र त्यो दृष्य देखे । हामीले चिया लिन बसेको होटलकी काम गर्ने आमै सबैभन्दा बढी उत्तेजित भएर त्यो ड्राइभरलाई आक्रमण गर्ने र गाडी जलाइदिने भन्दै होहल्ला गर्न थालिन् । उनको मानवीयता उर्लेर आएको देख्दा मलाई गर्व लाग्यो । म भावुक वनें । उनी कराउन थालिन । उनी मजदुरको कुरा गर्न थालिन् । ‘ए लौ मा¥यो त्यो नानीलाई बजियाले । कहाँ मुन्टे मान्छे ? ए आओन, यो नानी म¥यो होला । यो ड्राइभरलाई बाहिर निकाल र टाउको फुटाइदेओ । यसको गाडी पनि जलाइदेओ ।’ उनी एकोहोरो कराइरहिन । उनका आँखामा आँशु पनि थिए । उनी मातृबात्सल्यले भरिइन् । मानवताले उद्धेलित भइन् । पग्लिन् । तर के गर्ने आप्ैंmले रिजर्भ गरेर ल्याएको गाडी † समस्याको समाधान पनि आप्ैंm खोज्नु प¥यो नि । ‘आम्मैं, विचारा त्यो केटो कसरी बा“च्यो नित’ उनी कराइरहिन् ।
त्यही बीचमा त्यो होटलमा गाडी लाइनका अर्का भलादमी आइपुगे र छिटो भन्दा छिटो त्यहा“बाट भाग्ने र त्यो केटाको उपचार तुरुन्त गर्ने सल्लाह दिए । चिया खान पसेका हामी चिया खान नपानइकन तितरवितर भयौं, सुइकुच्चा ठोक्यौं त्यहा“बाट । यो जीवनको तीतो अनुभूति र¥यो ।
त्यो अनौठो घटना थियो । कुदिरहेको गाडीमुनि परेरे पनि मान्छे बा“च्न सक्दोरहेछ । पत्यार थिएन । उसलाई हातको कुहिनोमा दर्पm¥याएको बाहेक केही पनि भएको थिएन । मान्छे बा“च्नु पर्दा जसरी पनि बाँच्दो रहेछ । मर्नु पर्दा जसरी पनि मर्दो रहेछ । जीवनको लीला यसरी ‘जसरी पनि’ चल्दो रहेछ भन्ने लाग्यो । छातीमाथि बस कुदाएर ती सहचालक भाइले यो कायर दुनिँयाको धज्जी उडाए । हाम्रो महानतालाई कुरीकुरी भन्दै थिए ।
जीवन शूत्रात्मक हु“दैन रहेछ । उत्तर जति पनि आउने रहेछ जीवनको गणितमा । जसले जीवनलाई शूत्रबद्ध गर्ने धृष्टता गर्छ ऊ सदैव जीवनबाट टाढा रहन्छ । उसले जीवनबोध गर्न सक्दैन । हामी पनि त्यो ड्राइभर प्रति आक्रोशित भयौं । सबैजना रिसायौं । मुर्मुरियौं । भटभटायौं । तर हामी आफैंसँग, ड्राइभरको अनुपस्थितिमा मुर्मुरियौं । त्यो ड्राइभरलाई सत्तोसराप ग¥यौं । बहुला रहेछ पनि भन्यौं । म पनि उसका विरुद्धमा निकै आक्रोशित भएं । सवैजना उसलाई फटाहा भनेर अनेकौं पदावली लगाएर गाली गरिरहे । प्रकाश र कमलले अब यहाँ विप्लव मच्चिने छनक् पाएर त्यो ड्राइभरलाई हतार हतार लिएर अगाडि बढाए गाडी । त्यो सहचालकलाई केही पनि भएन रहेछ । उसको कुइनामा मात्र दर्पm¥याएछ । अरु केही पनि भएको देखिएन जाँच गराउँदा ।
‘हामी त यो गाडीमा नहिंडने ।’ सबै जना एकस्वरमा कराउन थाले ।
‘किन ?’ मैले सोधें ।
‘यसले हामीलाई पनि कहा“ लगेर जाक्छ । यसलाई हाम्रो माया छैन ।’ सबै आक्रोशित भए । हामी त्यो सहचालक भाइलाई ध्यान दिंदै अघि बढ्यौं । तर भाग्यवस, उसको ज्यान सुरक्षित रहन पुग्यो । फेरि हाम्रो ओठमा हाँसो छायो । हामी अघि बढिरहँदा त्यो गाडी र ड्राइभरले हामीलाई सताउनु सताए । हरेक पचास किलोमिटर हिँडेपछि गाडी बिग्रिन्थ्यो । उसका टायर थोत्रा थिए । ट्यूव बाह्र ठाउँमा टालिसकिएका थिए । मैले कयौं पटक ट्यूव र टायर फेर्नुपर्छ भाइ भन्दा उसले मजाकमा त्यो कुरा उडाउँथ्यो, ‘बूढो गोरु र वहर गोरु मिल्छ ?’ मलाई उसँंग तर्क गर्नु भनेको पागलसँग कुरा गर्नु जस्तो लाग्थ्यो । हामी यात्रामा निस्किंदा गाडीको अगाडी बाँधेको ब्यानर निकाल्न लगाएर तल झुण्ड्याउन लगाएको त्यो ड्राइभरलाई मैले त्यो ब्यानर च्यातिन्छ, अलिक माथि नै टाँस्नु पर्छ भन्दा उसले मलाई ओठे जवाफ दिएको थियो, ‘हाम्रो नाक छोप्यो भने हामी बाँच्छौं ? यो इञ्जिन पनि त्यस्तै हो, छोप्नु हुँदैन । यो तल बाँध्दा पनि थामिहाल्छ नि †’ तर पाँच किलोमिटर नहिँडी त्यो ब्यानर च्यातियो । त्यो उसलाई देखाएँ, दाँत ङिच्च मात्र ग¥यो । त्यहाँदेखि मैले उसलाई कुनै पनि विषयमा तर्क गरिंँन ।
ड्राइभरको नियत गज्जबको थियो । केटी भएठाउँमा लुसुक्क पसिहाल्ने, अनि चन्द्रमालाई जस्तै प्रशंसा गरिहाल्ने गथ्र्यो । अनेकथोक किनेर खुवाउँथ्यो केटीहरुलाई । हरपल तिनलाई मुस्कान छोडिरहन्थ्यो । ऊ यस्तो देखिन्थ्यो, मानौं ती सवै उसका गर्लफ्रेण्ड हुन् । उसको फुर्तिपन् र अनैतिकता देख्दा उदेक लाग्थ्यो । एउटा लिची बेच्दै आएको तराई मूलको मान्छेले लिची दियो किन्न भनेर । ड्राइभरले त्यो लिची आप्mनो सिटबाट तान्यो, राम्रा राम्रा दाना हतार हतार टिप्यो र ‘भैया, तुम्हारे लिची अच्छा नहिं हे । लिजिए’ भन्दै फिर्ता ग¥यो । यो चरित्र घातक चरित्र देखेपछि मैले उसलाई आइन्दा यसो नगर्नु भनेर जनाउ पनि दिएं, तर नम्र भाषामा । तर पनि उसका हर्कतहरु पmेरिएनन्, उसका प्रबृत्तिहरु पmेरिएनन् । उसका अपराधिक मनहरु सङंलिन सकेनन् । उसका सोचहरु पवित्र बन्न सकेनन् ।
जब जब घुम्ति आउँथ्यो, ऊ गाडीको स्पीड बढाउँथ्यो । उसलाई मन लाग्दा गाडी रोक्थ्यो, अरुलाई मन लाग्दा ऊ रोक्दैनथ्यो । उसलाई मन लाग्दा बाहना पारेर पनि रोक्थ्यो । टायर खोल्नु र लाउनुमा उसले लामो समय बिताउँथ्यो । हामी गाडीभित्र तातेर बस्नु पर्दा उकुसमुकुस हुन्थ्यौं । पैंतालिस जनाको टोली एक पटक गाडीबाट निस्किएपछि फेरि भित्र पसाउन घण्टौं लाग्थ्यो । यो दिक्दारको जीन्दगी थियो ।
हामी पुरै आक्रमक थियौं ऊ प्रति, तर मनमनै । सबै उसका कुरा काट्ने गर्थे उसको अनुपस्थितिमा । तर सामुनेमा कोही पनि केही भन्दैन थिए । चुप हुन्थे । ऊ सँग कोही पनि खुशी र संतुष्ट थिएनन् । उसको आकृति हेर्न पनि मन थिएन । उसको लवजमा घृणा थियो । उसको स्वरुपमा दिक्दारिपन थियो । तर पनि किन सबै चुप रहे ? किन म पनि उसलाई केही भनेर सुझाव दिन सकिरुहेको थिइनँ ? गलत कामलाई औंल्याउन हामीलाई केले रोक्यो ? गल्ती गर्नेलाई पनि गाली गर्न नमिल्ने संगीन दुनियाँमा हामी राज गरिरहेका थियौं । त्यही दुनियाँलाई हामीले सभ्य र सुसंस्कृत सभ्यता भनिरहेका रहेछौं । किनभने उसको कुनै भर थिएन । कुनैपनि बेला उसले गाडी लडाइदिन सक्थ्यो र आँपूm फाल हानेर बाँच्ने प्रयत्न गर्ला भन्ने हामीलाई लाग्थ्यो । हामी यत्तिका धेरै मान्छेको जीवन उसका दुईवटा हातमा र दुईवटा खुट्टामा थियो । एउटा मान्छेको हातमा यत्तिधेरै मान्छेको जीवन निर्भर भएपछि उसको बिरुद्धमा को बोल्न सक्थ्यो ? उसको हातमा हामी ४५ जनाको जीवन थियो । मुर्मुरिएर पनि गाली गर्ने हिम्मत आएन ।
यो ड्राइभर र हाम्रा नेता एउटै हुन भन्ने लाग्यो । मैले झलझली यिनीमार्पmत हाम्रा नेताको रंग र संग देखें । ड्राइभरको विरासतमा हाम्रा नेताले यो सभ्यताको प्रतिनिधित्व गरेको देख्दा कुरीकुरी लागेर आयो । नेतादेखि जनता पनि कति रिसाएका छन् कति । ती जनता रिसाए जब २००७ को परिवर्तनले तिनलाई केही दिएन । प्रजातन्त्र संस्थागत गर्न नसक्दा जनता रिसाए । ०४६ पछिको प्रजातान्त्रिक अभ्यासमा गलत प्रबृति हावी भयो र त्यो परिवर्तन पनि संस्थागत हुनसकेन र जनता रिसाए । ०६२÷६३ पनि जनता रिसाएका छन् ।
यतिखेर समग्र राजनीतिक कोलाज हेर्दा कोही पनि नेतासँग खुसी छैनन् । तिनले सामाजिक सदभाव सके, राजनीतिलाई जातीय कोलाजमा हेर्ने महान शूत्रको आविश्कार गरे । स्वतन्त्र न्यायपालिकालाई सिंहदरवारमा छिराइदिए । सिंहरवारलाई न्यायालयमा लगेर छिराइदिए । भ्रष्टाचार तिनै गर्छन् । दण्डहिनतालाई प्रोत्साहन पनि तिनै दिन्छन् । तस्करका पैसाको चलखेल पनि तिनै गर्छन् । सत्ताको लागि लुछाचुँडी पनि तिनै गर्छन् । राष्ट्रियताको ख्याल छैन । महंगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचारीलाई हातेमालो गरेर हिँंड्दा पनि जनता यिनको बिकल्प खोज्दैनन् ।
यो शिलशिला चलेको युगौं बितिसकेको छ । तर पनि किन गाली गर्न सक्दैनन् तिनलाई जनताले ? यसको सटिक उत्तर के हो भने देशको समग्र अवयव राजनीतिबाटै नियन्त्रित र स्वचालित हुन्छन् । राजनीतिले मुलकका समग्र पाटालाई डो¥याएको हुनाले देशको समग्र भविष्य र वर्तमान यिनै नेताको हातमा छ, जसरी हाम्रो जीवनको बर्तमान र भविष्य त्यो चालकको हातमा थियो । आज हाम्रा नेताहरु एउटा ड्राइभरमा रुपान्तरित भएपछि त्योभन्दा लज्जाको विषय के हुन सक्छ ? रिसाएर, थुकेर पनि निर्विकल्प कित तिनै नेता भए, कित तिनै गाडीका ड्राइभर भए । दुखी मन् पार्दै हामी उसदिन तातोपानी पुग्यौं ।