समाचार

मेइटु पेन्ट्सको वार्षिकोत्सव

पथरी, १ माघ। मेइटु पेन्ट्सको शनिबार एक कार्यक्रमबीच भुल्के सिमसार क्षेत्रमा पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

खुसी श्री ट्रेडर्स तथा मेइटु पेन्ट्स कम्पनीद्वारा आयोजित कार्यक्रममा केक काटेर तथा वनभोजकासाथ विभिन्न खेलकुदहरूको संचालन गर्दै मनाएको हो । आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरूबीच हण्डिफोर, बल पास, म्युजिक चेयर्स, बेलुन ब्रष्ट, आदि खेलहरूको आयोजना गरिएको थियो भने कम्पनीले आफ्नो व्यापार प्रवद्र्धनका लागि पेन्टर्सलाई बम्पर उपहार प्रदान गरेको थियो ।

बम्पर उपहार अन्तर्गत पथरीशनिश्चरे १ का दिपेश लिम्बूले ३२ इन्चको टीभी उपहार प्राप्त गरेका थिए । गोलाप्रथा मार्फत उनले सो पुरस्कार प्राप्त गरेका हुन् । यसैगरी, पथरीशनिश्चरे १० का ईमान्युल लिम्बूले टिकटकमार्फत कम्पनीको व्यापार प्रवद्र्धनमा विशिष्ट भूमिका खेले वापत सामसुङ ग्यालेक्सी मोबाईल सेट प्राप्त गरेका थिए, त्यस्तै, १० कै फणिन्द्र मगरले इलेक्ट्रोनिक हिटर प्राप्त गरेका थिए।

सोहि क्रममा झापा, मोरङ, सुन्सरी, इलाम लगायतका विभिन्न जिल्लाबाट आएका सबै पेन्टर्सलाई मेइटु पेन्ट्स लेखिएको भेस्ट प्रदान गरिएको थियो । सो कम्पनीका प्रतिनिधि तुलसीराम भण्डारी, मोरङको प्रमुख डिलर एवम् खुशी श्री ट्रेडर्सका प्रोप्राइटर ऋषि चौलागाईं, सञ्चालिका दीपा पराजुली, वयोवृद्धा नर्वदा चौलागाईं मेची अञ्चल डिस्ट्रिब्युटर कुशल कट्वाल, दमक डिलरका सञ्चालक भुवन निधि, लगायतले विभिन्न खेलहरूमा सामेल हुनुकासाथै ‘लक्की ड्र’ मा विजयी पेन्टर्सलाई अबिर, माला र खादा ओढाएर पुरस्कृत गरेका थिए ।

Author

You may also like