देश–समाज मुख्य स्थानीय

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

दमक । १० मंसिर
लैंङगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । १६ दिनसम्म सञ्चालन हुने सो अभियानको शनिबार दीप प्रज्वलन गरेर उद्घाटन गरिएको हो । अभियान अन्तर्गत दमकमा अधिकारवादी विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायहरुको उपस्थितिमा नौमती बाजासहित प्रभातफेरीको आयोजना गरिएको छ ।
दमकस्थित गणतन्त्र चोकमा औपचारिक कार्यक्रम समेत गरि सहभागीहरुले लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि नाराहरु लेखिएको प्लेकार्ड बोकेर ¥यालीमा सहभागिता जनाएका थिए । सो ¥याली दमक नगरपालिका कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाई भट्टराईले लैङ्गिक हिंसा बिरुद्ध अभियानको उद्देश्य र यसप्रति समाजका हरेक समुदायको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताइन् ।
प्रभातफेरीमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा, नगरपालिकास्थित १० वटै वडाका जनप्रतिनिधिहरु, दमक नगरपालिका महिला स्वास्थ्य स्वयमसेविका, लिड नेपाल दमक, दमक ज्येष्ठ अभिभावक सेवा समाज , दमक अपाङ्ग सहयोग समिति, नेपाल तेक्वान्दो संघ, आम्दा अस्पताल, भुटानी शरणार्थी महिला समूह, असहाय मानव सेवा समाज लगायतका बिभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।

Author

You may also like