दमक, २३ कार्तिक
दमक नगरपालिका कार्यालयले आफ्नो क्षेत्रमा रहेका सीटी सफारी र अटो रिक्साको व्यवस्थापनका लागि नगर प्रमुख रामकुमार थापाले सडकमा निस्केर अनुगमन् थालेका छन् ।
नगरले सीटी सफारी र अटो रिक्सा नियमानुसार दर्ता गर्दै त्यसमा स्थानीय लोगो (स्टिकर) टाँस्ने कामको अनुगमन्मा नगर पमुख थापा सहित सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको टोलीले पछिल्लो ३ दिनयता अनुगमन् गरिरहेको छ ।
यातायात व्यब्स्थापन समिति, इलाका प्रशासन, उद्योग वाणिज्य सघ, इलाका प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, सीटी अटो व्यवसायीहरुको संयुक्त टोलिले चेकजाँच गरेको हो । मंगलबारको अनुगमन्मा स्टिकर टाँस नगरेका ४२ वोटा सीटी टेम्पोअटोलाई नगर पालिकाको नीति अनुरुप दण्ड जरिवाना गरि अनिवार्य स्टिकर लगाउन सुझाव गरिएको थियो ।