दमक, ६ असोज-
दमक घर भई बेलायतमा बसोबास गर्दै आएका तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी रास्ट्रकुमार राईको निधन भएको छ ।
बेलायती सेनाबाट अवकासप्राप्त गरेका ५७ बर्षीय राईको बिहीबार राती बेलायतमा हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ । उनलाई हृदयघात भएपछि उपचारका लागि त्यहाँको अस्पताल लैजादै गर्दा निधन भएको उल्लेख छ ।
नेपाल सगरमाथा तेक्वान्दो दोजाङका सस्थापक राई अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो खेलाडी तथा प्रशिक्षक थिए । उनले खेल क्षेत्रका लागि दमकमा उत्प्रेरकको महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । उनले समाजसेवामा समेत योगदान पुर्याएका छन् ।
राई लामो समयदेखि परिवारसहित बेलायतमा बस्दैआएका थिए । उनले बेलायतमा समेत तेक्वान्दो खेलको व्यवसायिक प्रवद्र्धनमा उल्लेखनीय योगदान पुरयाँउदै आएका थिए ।
पछिल्ला बर्ष उनले आफनै जन्मभूमि दमकमा युवालाई लक्षित गरि बेलायत र दमकमा नेपाल सगरमाथा तेक्वान्दो डोजाङ सञ्चालनमा ल्याएका दमक डोजाङका अध्यक्ष तिजु धिमाल बताउँछन् । दमकमा भने दुई वर्षअघि मात्र उक्त डोजाङ विधिवत स्थापना गरेका थिए ।
उनी २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सेनानी स्व.मुगाधन र कृष्ण कुमारी राईका साइला पुत्र हुन् । दिवंगत मुगाधन परिवारले दमक १० का विभिन्न सामाजिक तथा त्यहाँको विकासमा महत्वपूणर् योगदान पुरयाएका थिए । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूका भाइ हुन् ।