समाचार

बालबालिकासंगको संवादमा उप–प्रमुख भट्टराई

दमक/ झापाको दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई प्रसाइँले बालबालिका संवाद कार्यक्रम अन्तर्गत बालबालिकाहरुका गुनासा र समस्याहरुका बारेमा जानकारी लिएकी छन् ।
बालबालिकाहरुका समस्यालाई बालबालिकाकै मुखबाट सुन्ने र समाधानका लागि आवश्यक रणनीति तय गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो अन्तर्गत शुक्रबार दमकको नमुना विद्यालय हिमालय माविमा अध्ययनरत बालबालिकाहरुसँग उपप्रमुख भट्टराईले संवाद गरेकी हुन् । सो अवसरमा बिद्यार्थीहरुले सेनेटरी प्याड, क्यान्टिन (चमेना गृह) को विषय, अतिरिक्त कक्षा (कोचिङ) को अधिक शुल्क , छात्रवृत्तिमा भएको विभेदका कारण वास्तविक विपन्न परिवारका विद्यार्थीले छात्रवृत्ति पाउन नसकेको, विद्यालय अवागमनमा भोग्नु परिरहेको यातायाताको समस्या, विद्यालयले लिँदै आएको शुल्कको भार लगायतका विषयमा गुनासोसहित आप्ना जिज्ञासाहरु राखेका छन् ।
बिद्यार्थीहरुले प्रत्यक्ष रुपमै स्थानीय सरकारसँग खुलेर आफना समस्याहरु राख्ने मौका पाएकोमा खुशी भएको प्रतिक्रिया पनि दिएका छन । सो अवसरमा उपप्रमुख भट्टराईले तत्काल समस्या समाधान गर्न आफनो तर्फबाट चाल्न सक्ने पहलकदमी चाल्ने आश्वासन दिएकी छन् । उनले स्थानीय सरकारले स्थानीयस्तरबाट समाधान गर्न सक्ने विषयहरु तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायहरुबाट गरिनुपर्ने कामका लागि पनि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएकी छन् ।

Author

You may also like