मुख्य

दमक बहुमुखी क्याम्पसको ११ औं क्याम्पस सभा सुरु

दमक/ दमक बहुमुखी क्याम्पसको एघारौं क्याम्पस सभा सुरु भएको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले क्याम्पस सभाको उद्घाटन गरे । सभाको उद्घाटन गर्दै मुख्मन्त्री कार्कीले सामुदायिक क्याम्पसहरुमा नेपालकै अब्बल रहेको दमक क्याम्पसको भौतिक पूर्वाधारमा प्रदेश सरकारका तर्पmबाट पनि सहयोग रहने बताए । दमक क्याम्पसको स्थापना देखिनै आफू जानकार रहेको भन्दै मुख्यमन्त्री कार्कीले यहाँको शैक्षिक गुणस्तर विकासमा आप्mनो तर्पmबाट सहयोग रहने आश्वासन दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले तिनै तहका सरकार मिलेर दमकलाई नमुना बनाउनु पर्ने बताए । क्याम्पस सभाबाट निर्वाचित हुने नयाँ टिम संग सहकार्य गरेर यहाँको विकासमा आफू पनि संगै लाग्ने उनले प्रतिवद्धता जनाए । क्याम्पस सभाको अवसर पारेर क्याम्पसका दुई जना प्राध्यापक र एकजना कर्मचारीलाई सम्मान समेत गरिएको थियो । प्राध्यापकहरु नारायण भट्टराई र प्रविण कार्की साथै कर्मचारी कालिका खड्कालाई सम्मान गरिएको क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

Author

You may also like