मुख्य

करदेखि सिफारिससम्मका समस्या

दमक/ पटक–पटकको असफलपछि साउन ३ गतेलाई बोलाइएको नगरसभाको चौथो बैठक पनि सफल हुन सकेन । बहुमतमा रहेका एमाले नगर सदस्यहरुले उपस्थिति नजाएपछि कोरम नपुगेको कारण नगर प्रमुख राम थापाले चौथो बैठकलाई स्थगित गरी पाँचौ पटकको बैठक साउन ११ गतेलाई तोकेका छन् ।
यस अघि एमाले सदस्यहरुले ४१ जनाको हस्ताक्षरसहित आफूले उठाएका सुझावहरुलाई कार्यपालिका बैठकमा छलफल गराएर मात्र नगरपालिकाको बैठक बोलाइयोस भन्ने माग लिखित रुपमा मेयर राम थापालाई बुझाएर बाहिरिएका थिए ।
आपसी विवादले नगरपालिकाको काम कार्बाहीमा असर पुग्न थालेको छ । जनता सुविधा लिनबाट बञ्चित भएका छन् । नीति, कार्यक्रम तथा बजेट नगरपालिका बैठकले निर्णय नगरेसम्म कर उठाउन अन्योल छ । राजश्व लिएर गर्ने सिफारिस लगायत कुनै पनि कार्य भएका छैनन् । यसबाट जग्गा पास , घर नक्सा पास हुन सकेका छैनन् , विदेश जाने विद्यार्थीहरुका लागि धितो मूल्यांकन गर्न, व्यवसायी कर नविकरण, नियमित नगरपालिकामा बुझाउनु पर्ने कर असुलीमा कठिनाइ भएको पाइन्छ ।
यो समस्या लम्बिदै गयो भने खर्च गर्ने कार्यमा पनि अवरोध आउने बताइएको छ । सुनिन्छ, साउन ७ गते नियमित कार्यपालिका बैठक बस्ने सम्भावना रहेको र त्यसपछि हुने नगरसभा बैठकले समस्याको समाधान गर्ने अनुमान गरिएको छ ।

Author

You may also like