मुख्य

चन्द्रदर्शन साकोसको प्रतिवेदन सार्वजनिक

कमल/ झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आप्mनो वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष शान्ताकुमार राई, पूर्वअध्यक्ष तथा जिल्ला सहकारी संघका सदस्य बालकृष्ण गौतम, सञ्चालक समितिका सहसचिव विनय श्रेष्ठ, संचालक एकराज प्याकुरेल, लेखा समितिका संयोजक प्रेमप्रसाद दुलाल, गौरादह सेवा केन्द्रका संयोजक इन्दिरादेवी विष्ट लगायतले सार्वजनिक गरेका हुन् । प्रतिवेदन पुस्तिका सार्वजनिकीकरण कार्यक्रममा संस्थाका सञ्चालक, सदस्य ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको १२ औं साधारणसभा यहि पुस २४ गते स्थानीय रोडस्टार प्यालेसमा हुँदै छ । ३ करोड ३२ लाख ५४ हजार ४ सय शेयर पुँजी रहेको संस्थाले गतवर्षसम्म ३० करोड ७८ लाख ५३ हजार ४सय २९ रुपैयाँको कुल कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गौरादहसहित केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

 

Author

You may also like