पुष्प– धिरेन्द्र प्रतिष्ठानद्वारा रक्तदानसहित वृक्षारोपण

दमक/ झापाको दमक–१ स्थित पुष्प– धिरेन्द्र स्मृति प्रतिष्ठान (शिक्षालय) ले बुधबार शिक्षालय परिषरमा रक्तदानसहित वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
पुष्पराज बस्नेतको ४५ औं जन्मजयन्तीका अवसर पारेर प्रतिष्ठानले विभिन्न जडिबुटीजन्य ३३ जातका विरुवाहरु रोपिएका छन् । त्यसैगरी रक्तदानमा ३५ पिन्ट पिन्ट रगत संकलन गरिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले (शंकर) जानकारी दिए । रक्तदानमा प्रदेश सांसद होमबहादुर थापा, माओवादी केन्द्रका प्रदेश १ कोषाध्यक्ष गगन पुरी, प्रतिष्ठानका अध्यक्ष बस्नेतसहित सर्वसाधारण ३५ जनाले रगतदान गरेका थिए । रक्तदाता बस्नेतको रक्तदान यो १०२ औं पटक हो ।
प्रदेश १ सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेश सांसद होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, आम्दा अस्पतालका मेसु डा.प्रकाश शर्मा , डा.नवीन ढकाल, नेपाली काँग्रेसका नेता सुरेश सुब्बा, राजनीतिकर्मी सन्तोष गौतम र भुमिका कोइराला, काँग्रेस नगर सभापति प्रकाश प्रसाईं, माओवादीका नेताहरु सिताराम अधिकारी, बेदु गौतम, कृष्ण गोले, संगीता सेरेङ, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, दमक जेसीजका पूर्वअध्यक्ष चन्द्र खत्री, रक्तदाताहरु साथै शिक्षालय परिवार, स्थानीय अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । २०७५ सालमा स्थापना भएको प्रतिष्ठानले सिटीईभिटी अन्तर्गतका विभिन्न प्राविधिक विषयमा पठनपाठन सञ्चालन गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published.