जि–वान स्किन क्लिनिकको सेवा शुरु

 

दमक/ झापाको दमकमा सोमबारदेखि छाला सम्बन्धी उपचार तथा परामर्श सेवाका लागि जि– वान स्किन क्लिनिक सञ्चालनमा आएको छ । छाला , यौन तथा कुष्ठरोग विशेषज्ञ डा. गुरु पौडेलको पारिवारिक लगानीमा दमक–६ रातोपुल नजिकै सो क्लिनिक सञ्चालनमा आएको हो । डा. पौडेल नोबेल मेडिकल कलेज विराटनगरबाट छात्रवृत्ति कोटामा एमबीबीएस र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला , यौन तथा कुष्ठरोगका विषयमा विज्ञता हासिल गरेका चिकित्सक हुन् । दमक अस्पताल दमकमा कार्यरत विशेषज्ञ डा. पौडेलले सम्झौता अनुसारको समय दमक अस्पतालमा दिने र बाँकी समय आफनो निजी क्लिनिकमा दिने योजनासहित उनले सो क्लिनिक शुरु गरेका हुन् । सो क्लिनिकमा छाला सम्बन्धीका समस्याहरुको निदान गरिने जनाइएको छ । क्लिनिक सञ्चालनको पहिलो दिन सोमबार करिब ५० जनाले सेवा लिएका जनाइएको छ । अनुहार तथा शरीरका जुनसुकै भागमा देखिएका दाद, कोठी, मासु पलाएको, छाला चाउरिएको तथा कपाल खस्ने समस्या लगायत विविध समस्याहरुको शल्यक्रिया र प्रत्यारोपण विधिबाट समेत उपचार गरिने डा. पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.