मुख्य

दमक रेडक्रसमा सभापतिसहित ४ पद निर्विरोध

 

दमक/ नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापति, उपसभापति र कोषाध्यक्ष र उप–कोषाध्यक्ष पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विरोध हुनेहरुमा सभापतिमा प्रकाश बुढाथोकी, उपसभापतिमा गोमादेवी प्रसाई (बुढाथोकी), कोषाध्यक्षमा सीता कार्की र उप–कोषाध्यक्षमा प्रकाश बस्नेत रहेका छन् । सभापति बुढाथोकी भने यसअघि पनि सोही पदमा रहेका थिए । यही पुस १८ गते उम्मेदवारी मनोनयन दर्ता र १९ गते फिर्ता लिने निर्वाचन कार्यतालिका रहेकोमा बुधबार निर्वाचन अधिकारी मित्रदेव काफ्लेले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावलीअनुसार उल्लिखित पदमा अन्तिम समयसम्ममा एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध भएका हुन् ।

रेडक्रस दमकको कार्यसमितिको निर्वाचन यही पुस २३ गते हुँदैछ । जसमा सचिव पदका लागि २ जना तिर्थराज बस्नेत (शंकर) र घनश्याम कोइरालाको उम्मेदवारी परेकाले मतदान हुने भएको छ । त्यस्तै १ उप–सचिव पदमा पनि २ जना अनिल सुवेदी र किरण थापा (बबरजंग), १ महिला सदस्यमा २ जना मैना दाहाल र दुर्गा चुडाल तथा ४ सदस्य पदमा ६ जनाको उम्मेदवारी परेकाले उनीहरुका लागि मतदान हुने भएको छ । सदस्य पदका लागि सर्वकुमार कार्की, डा. सूर्यनारायण साह, पारसमणि आचार्य, सुमन कुमार नेपाल, सुरेन्द्र कुमार श्रेष्ठ र ध्रुव प्रसाद न्यौपानेको उम्मेदवारी दर्ज भएको छ । निर्विरोध भएका बाहेकका पदमा पुस २३ गते शनिबार बिहान ९ देखि २ बजेसम्म मतदान हुँदैछ ।

Author

You may also like