दमक,१३ पुस / नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू र प्रदेशसभा (क) को उपसभापति पदमा निर्वाचित यूनियनका सदस्य आत्माराम राजवंशीलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रम गरि नेतृ लिम्बू र राजवंशीलाई सम्मान गरेको हो । कांग्रेसको हालै सम्पन्न १४ औ महाधिबेशनबाट जिल्लाको माइपश्चिम क्षेत्रदेखि नै पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित बन्न सफल भएको भन्दै उनलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित गरिएको यूनियन क्षेत्रीय अध्यक्ष बिष्णु सुब्बाले बताए । दमक ९ निवासी निर्वाचित केन्द्रीय सदस्य लिम्बू कांग्रेसकी प्रतिनिधिसभा सदस्य हुन् ।
कार्यक्रममा सम्मानित लिम्बू र राजवंशीलाई पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने, पूर्वसन्देस दैनिकका सम्पादक गन्जबहादुर दाहाल, पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीलगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यूनियनका जिल्ला सदस्य बिष्णु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित व्यक्तित्वको सम्मान पत्र यूनियनका सदस्य नगेन्द्रमणी न्यौपानेले वाचन गरेका थिए । यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजु तामाङ, राजकुमार गौतम, क्षेत्रीय सदस्य जितु धिमाल, यूनियनका सदस्यहरु, विभिन्न सञ्चारगृहका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।