मनोरञ्जन

मनोज र मञ्जुले कसेँ लगनगाँठो

काठमाडौं– हाँस्य कलाकार मनोज गजुरेलले लगनगाँठो कसेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् ।
मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । ‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् ।
मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।
‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन् ।
मनोजले मञ्जु र आफ्नो एकै खालको परिवेश र उस्तै खालको भोगाई रहेको उल्लेख गरेका छन् ।

You may also like