मनोरञ्जन

‘तिमी मुस्कुराउदा’को भिडियो सार्वजनिक

गायक संगम थपलियाको स्वरमा रहेको गीत ‘तिमी मुस्कुराउदा’को भिडियो सार्वजनिक भएको छ ।गीतमा किशोर विश्वकर्माको शब्द र संगीत तथा सञ्जीब बराइलीको एरेञ्ज छ ।
भिडियोमा गरिमा शर्मा र सुरज थपलिया फिचर्ड छन् । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।
कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सिता राईको कोरियोग्राफी, मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडियोको पोष्ट प्रोडक्सनको काम गरिएका हो ।
शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ । https://youtu.be/8OmHzJH86Z0

You may also like