दमक/ रोटरी क्लव अफ दमकको वर्ष २०२१÷२२ को नेतृत्वमा भरत चम्लागाईले जिम्मेवारी सम्हालेका छन् । युवा व्यवसायी चम्लागाई दमक उद्योग वाणिज्य संघका सदस्य, दमक पव्लिक लाईव्रेरीका उपाध्यक्ष लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
क्लबको विधान अनुसार २३ सदस्यीय गठित क्लबको निवर्तमान अध्यक्ष शान्ता ढकाल, निर्वाचित अध्यक्षमा पशुपति बराल, प्रस्तावित अध्यक्षमा पदम बराल, प्रथम उपाध्यक्षमा विक्रम साह, द्वितीय उपाध्यक्षमा केशवकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा देवकीदेवी ज्ञवालीले पदभारको जिम्मेवारी पाएका छन् । त्यस्तै, सचिवमा झलराज गौतम, सहसचिवमा सुनिता आचार्य, कोषाध्यक्षमा भुपेन्द्र निरौला , सह–कोषाध्यक्षमा कल्पना चम्लगाई , क्लब व्यवस्थापनमा सञ्जु पराजुली, सदस्यता विस्तार निर्देशकमा गोकुल श्रेष्ठ, सामाजिक गतिविधि निर्देशक सागर श्रेष्ठ, जनसम्पर्क अधिकारीमा भिमराज चम्लागाई, युवा परिचालन निर्देशकमा भेनष श्रेष्ठ, फाउण्डेशन निर्देशकमा नविन अग्रवाल, वेभ मास्टरमा शान्तिराम निरौलाले जिम्मेवारी र प्रशिक्षकमा प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ । यसैगरी, क्लबका पूर्व अध्यक्षहरु सम्मिलित नविन कुमार श्रेष्ठ, गंगा ढकाल र सन्दिप चापागाईलाई तालिम प्रशिक्षक र लेखनाथ नेउपानेलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष चम्लगाईले बताएका छन् । जुलाईदेखिनै क्लबको बर्षेनी नेतृत्व चयन हुने गरिआएको छ । यसैबीच क्लबको शनिवार सम्पन्न पहिलो विस्तारित बैठकले रोटरी अभियानलाई थप क्रियाशील बनाउने निर्णय गरिएको सचिव झलराज गौतम (राजु) ले जानकारी गराए ।