समाचार

आगलागीबाट दुई घर पूर्णरूपमा क्षति

दमक । झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा गएराति आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको हो ।
नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल , पसल सबै जलेर नष्ट भएको शिवसताक्षी नगरपालिका वडा नं २ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए । चिमरियाको आफ्नो जीउको लुगाबाहेक केही पनि नजोगिएको उनले बताए । राति १।३० बजेदेखि शुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । स्थानीय र तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको सबै विवरण आइसकेको छैन ।

Author

You may also like