मुलुकमा नागरिकहरुले नसोचेका विस्मयकारी घटनाहरु घटिरहेका छन् । महामारीले एकातर्फ आक्रान्त पारिरहेको छ भने अर्को तर्फ घिनलाग्दो राजनैतिक घटनाक्रमले व्यवस्थानै दुर्गन्धित बनाएको छ । दल निश्चित मान्छेहरुको गरिखाने थलो हुँदै गएको छ । दलभित्र इमान्दार र जनताले रुचाएका मान्छेहरुको नेतृत्व भन्दापनि गुण्डागर्दीमा खारिएका ताकपर्दा जेपनि गर्न पछि नसर्ने मान्छेहरुको हालीमुहाली बढ्दै गएको छ । राजनीतिको आवरणमा राजनीतिलाई धनसम्पति कमाउने मुख्य माध्यम बनाउन थालिएको छ । दलभित्र भरसक नातागोता अर्थात “कहाँ पोखियो घ्यू आफ्नै भागमा” भन्ने आहान चरित्रार्थ हुँदै गएको छ । विकास निर्माणको काममा व्यापक भ्रष्टाचार बढेको कुरा काम गराइ र टिकाउपनले छर्लङ्ग पार्दै लगेको छ । कसैले आवाज उठाएमा त्यसको कुनै सुनवाइ हुन छाडेको छ । देशको कार्यकारी प्रमुखले भने पनि कर्मचारी प्रशासन र जिम्मेवारी लिने सम्बन्धित निकाय अटेरी बनेका घटनाहरु बढेका छन् । राम्रो काम गर्ने जनप्रतिनिधिहरु र कर्तव्यनिष्ट कर्मचारीहरु ओजेलमा परेका छन् । दर्शनको आडमा उठेको जनचेतनाको लहरलाई अपराधले निस्तेज पार्दै लगेको छ ।
हामीलाई सत्य चाहिएको हो । प्रतिस्पर्धी युगको चरित्रलाई सम्बोधन गर्ने आचरण भएको संस्कार चाहिएको हो । प्रतिस्पर्धामा श्रेष्ठता प्राप्त गर्न अहिंसात्मक गतिविधि चाहिएको हो । त्याग चाहिएको जस्ले बहुजन हितायको प्रतिनिधि गरोस् । अनि हामीलाई प्रेम चाहिएको हो जस्ले मानवीयताको अधिक अंशलाई समयानुकल समायोजन गर्न सकोस ।
राजनीतिलाई सेवा र त्यागको पर्याय समेत भनिन्छ । सेवा उपासना हो । आदरसम्मान गर्ने गराउने नैतिक शक्ति हो । नागरिकहरुको जीवनका लागी कल्याणकारी वर्तमान र भविष्य निर्माण गर्ने माध्यम राजनीति हो । सत्य, अहिंसा, त्याग र प्रेमबाट सुसज्जित भएका श्रेष्ठ मान्छेहरु प्रशिक्षित हुने पाठशाला राजनीतिलाई बनाउने यस युगमा लोभ, ईष्र्या, लुट, झुट र दम्भले भरिएका निर्माण गर्ने थलो राजनीति भै दियो । सेवा दिन सक्ने सेवकहरु उत्पादन गर्ने शक्तिशाली फ“ाट राजनीति नै हो । राजनीतिक दलहरु सेवक संगठित हुने कुटी हुन् । राजनीति गर्नेहरुका लागी सि¨ो मुलुक सेवाआश्रम हो । हुनुपर्दछ । दलहरुको सैध्दान्तिक बिचारले नेता र कार्यकर्ताहरुको व्यवहार, आचरण, दृष्टिकोण र संवेगलाई निर्देशित गर्दछ । “हिंसा गर्नु हु“दैन” भन्ने सत्य समाजमा स्थापित गर्न मानव समाजको विकासक्रममा कति लामो चरणहरु पार गर्नु प¥यो होला । यदि सैध्दान्तिक तहमा युगले निषेध गरेको व्यवहार र आचरण छ भने त्यसलाई मौलिक वा सिर्जनात्मक कलाको आधारमा आºनो देश अनुकुल बनाउन राजनीतिक दलहरुले भुल्नु हु“दैन । सहिष्णुता कै पक्षमा जनमत पनि निरन्तर प्रकट हु“दै गएको छ ।
द्रष्टाहरुले मानव कल्याणका लागी बनाएका मुल्य र मान्यताहरु क्रमशः भत्किदै गएका छन् । सुन्दर समाजको बनावटी कुरा गर्दै कुरुप सामाजिक बिम्बहरु स्थापित गर्दै विवेकलाई स्न्यको कोटीमा राख्ने होड चलेको छ । अपराधलाई कलङ्क र करतुत भनिन्छ । अत्याचार र पापकर्म कलङ्क हो । विधि विपरित कुकर्म गरेर आºनो वशमा पार्न गरिने हरकत अपराध हो । मानवीय हितलाई दमित गर्ने पतित शक्ति नै अपराध हो । अन्याय र अत्याचार कुनै धर्म र दर्शनमा निषेध छ । विवेक भत्काउ“दै जानु भनेको अपराधलाई विधि बनाउने दुचेष्टा हो । तसर्थ आज दर्शनका सत्यहरु मिचिएका छन् । पेलानपेलमा परेर थिलथिलिएका छन् । मानवीय संवेग र संवेगसिर्जनाका सोंचहरु सुक्दै गठएका छन् । जो अनिश्चित भविष्यको भयाभय लक्ष्यण हो ।
सुन्दर समाजका लागी सुन्दर सोंचहरु चाहिन्छन् । राजनीतिक गतिविधिका नाममा खानेपानी, औषधि, उपचार र बालबालिकाहरु पढ्ने ठाउ“हरु नै भत्काएर सत्ता खोज्ने काम गरियो । ति कर्म त पौराणिक धन्नुकारी प्रवृतिका थिए नि । अनि कसरी जनता(?) को मुक्ति हुने काम भो त राजनीतिक रङ्गमा हिंसात्मक गरियो भने मानवीय संवेदनशीलता हुन्छ कि आटततायी क्रुरता हुन्छ ? मुलुकमा “जनता”को नाममा खुलेका राजनीतिक दलहरुको व्यवहार, आचरण, कामकार्वाही र संवेगहरुको समीक्षा हुन जरुरी हुन्छ । त्यो समीक्षा स्वयम् तिनै दलहरुका लागी हीतकर हुन्छ । त्यो समीक्षाले त्याग र सेवामा निखार ल्याउ“छ । कसुरदारहरुले तिनै जनताकोहरुको सामु सच्चिने मौका पाउ“छन् । बिना कसुर कसैलाई लाग्ने वा लगाउने अभियोग कथित हुन्छ । यस्तो कसुरको आरोप क्षणिक हुन्छ । स्वा“गे ढर्राले नेपाली युगौंदेखिको पीरमर्काले छुटकारा पाउने छैन ।
जीवनका मर्महरु बु¤नेले मात्र सुन्दर समाज बनाउने अनुयायीहरु बनाउ“दै जान्छ । त्यो द्रष्टा बन्दै जान्छ । हाम्रो मुलुकमा अपराधपूर्ण राजनीतिक कामहरुको विरोध गर्दागर्दै झन् अपराधले घनिभूत राजनीति फस्टाउ“दै आएको छ । नागरिक मार्ने र मार्न निर्देशन दिनेहरुले अपराधी हुन्छन् कि स्वतन्त्रता खोज्ने निरिह नागरिक ? “न्यायपूर्ण समाजको लागी” भन्दै खुलेका दलहरु मध्येबाटै अमानवीय श्रृङ्खलाबद्ध हत्या र ज्यादतीलाई ‘राजनीतिक काम’ भनिदिदा अपराध ह्वात्तै फस्टाउने अनुकुल बन्यो र राजनीतिको नैतिक बल गिर्दै गयो । दलको सर्वोच्च तहमा मान्छे हत्याका लागी आ“खा चिम्लिनु सुदुर भविष्यका लागी बाधक थियो । त्यो कुराको हेक्का हु“दाहु“दै पनि ‘मालिक बन्ने’ क्षणिक गतिलाई “जनताका लागी” भनियो । दलहरुको आ“खामा अपराध क्षोम्य भयो । दलस“ग तामस थियो । विवेक मर्म हराएको थियो । दण्डहीनता राजनीतिको शक्ति कमाउने माध्यम हुन थालेपछि सेवा र त्यागको भावना लोप भयो । ज्यादती प्रतिस्पर्धामा अवतरित भैसकेपछि हत्या, लुटपाट, अपहरण र आतङ्क राजनीतिक बन्न थाले । नागरिकहरुको सेवक बन्नु पर्ने नेता कार्यकर्ताहरु दण्डहीनताका प्रमाणहरु बनेका छन् । नेता सवार दण्डहीनतालाई ओजेल पार्न बिगार्सि¨े नेताहरुले नै कठोर सेवामा लीन हुनु पर्ने समय आएको छ । नागरिकहरुले केही नलागेपछि तिनैलाई अभिभारा सुम्पेका छन् ।
मानव कल्याणका लागी सिर्जना भएको सिद्धान्तलाई हतियार बनाएर मानव लाई नै वध गर्न लाग्दा अन्धकार सिवाय अरु बन्ने ठाउ“ नै रहेन । समाजमा असल काम गर्ने सामाजिक कार्यकर्ताहरु, समाजसेवीहरु, गुणी परोपकारीहरुलाई समेत ‘राजनीतिक आतेस’ ले पीडामा फ“सायो । अपराधीको अर्थ लाग्न सक्ने जस्तोसुकै काम गर्न सक्ने व्यक्ति र समुहहरु शक्तिशाली कहलिनलाई दण्डहीनताको राजनीतिले औसर मिलाइ दियो । नागरिकहरुलाई लठ्याउने ओखत “वादहरुको चक्की” खुवाएर नेताहरु मालिक बन्न थाले । नागरिकहरुको “सामाजिक न्याय” दिलाउन प्रतिज्ञा गर्नेहरुले अपराधलाई संस्थागत गर्दै गइरहेका छन् । सेवा र त्याग भनेको अपराधलाई निस्तेज गर्नु हो । असंख्य खत माफ गर्ने परिपाटी जनतन्त्र र लोकतन्त्रमा हुन सक्तैन । अपराध गर्न प्रेरणा दिनेहरु र अपराध गर्न उक्साउनेहरुबाट स्वतन्त्र र न्यायपूर्ण समाज स्थापना हुन सक्ला ? मुलुकलाई दमनको क्रिडा स्थल होइन सेवाआश्रम बनाउन राजनीतिक शक्तिहरु केद्रित हुनु पर्दछ । अंशको भागबण्डा होइन सि¨ो मुलुकको निर्माणको अभियानमा राजनीति दत्तचित्त हुनु पर्दछ ।
अपराधले राजनीतिलाई घिसार्दै लगेको छ । राजनीतिक घोषणाहरु जाल भएका छन् । नागरिक कल्याणकारी कामहरु शान्ति दण्डहीनताले छोपिएको छ । यो सब करतुत र अभियोगहरुको पर्दाफास हुन समय लाग्नेछ । त्यस बेलासम्म अपराधले राजनीतिलाई हिडाइ रहनेछ । अपराधको गन्ध पाउने बित्तिकै आन्दोलित हुने नागरिकहरु पनि अपराधभित्र सुनौलो भविष्य देख्न पुग्न अर्को निरस भविष्यको सङ्केत हो । गति प्राप्त गर्न सत्कर्म पो गर्नु पर्दछ । जनताको पक्षमा राजनीति गर्नेहरुले अपराध गर्नै पर्दैन । राजनीतिक गति सच्चिनु पर्दछ । सुन्दरताको खाजी गर्ने सत्यलाई आदर्श मान्ने र प्रेमभित्र मानव खोज्ने सबै नागरिकहरुले इमान र जवानको पक्षमा साथ दिनु पर्छ । दर्शन द्रष्टाहरुले देखाएको सिर्जनाको बाटो हो भने विवेक प्रकृतिले दिएको मानवीय गुण हो । दर्शनबाट सिर्जनात्मक उपायहरु खोज्न विवेक नै चाहिन्छ । समाजको सकरात्मक रुपान्तरण गर्न खोज्नेहले दर्शनबाट आर्जित आºनो विवेकलाई ठीक ढ¨ले प्रयोग गर्न सक्दाखेरी राम्रो हुनेछ ।