बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका -२ ठुरियामा आइतबार मध्यराति भएको गाडी दुर्घटनाका मृतक १२ जना मध्ये अहिले सम्म २ जनाको मात्र सनाखत भएको छ । मृतक १२ जना मध्ये गाडी चालक र सहचालकको मात्र परिचय खुलेको छ।
गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो। दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पा घर भएकाहरू छन् । घाइते भएका २१ जनाको नाम ठेगाना सार्वजनिक गरिएको छ।
यी हुन् घाइते २१ जना
१. दाङ जिल्ला धर्ना-४ का ४५ वर्षीय मेघराज केसी
२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर-२ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गाउँपालिका-६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-२ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका(७ का १७ वर्षीय सुनिल परियार
८. त्यही ठेगानाका २० वर्षीय वीरेन्द्र परियार
९. त्यही ठेगानाका १८ वर्षीय पुरन परियार
१. रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका-२ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु-८ का ४० वर्षीय दिलबहादुर विक
१२. सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका २० वर्षीय मिनराज विक
१३. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का तेजबहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गाउँपालिका -६ का टीका चलाउने
१८. सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का २६ वर्षीय निमबहादुर बादी,१८ वर्षीय देवेन्द्र बुढाथोकी र१७ वर्षीय ज्ञान बहादुर बोहरा छन् ।