दमक/ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले देशका विभिन्न भागमा महाकाली घट्नाको विरोध प्रर्दशन गरेको छ ।
यसैक्रममा उनीहरुले दमकमा दिउँसो नारावाजी गरी दमक चौंकमा प्रर्दशन निकालेको हो । प्रर्दशन पछि स्थानीय गणतन्त्र चौकमा भएको कोण सभामा जिल्ला ईन्चार्ज सुमन लिम्बूले घटनाको निन्दा गर्दै भारतीय सबै प्रकारका हस्तक्षेप बन्द हुनुपर्नेमा जोड दिए । सोमबार देशव्यापी रुपमा भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन भएको सुनसरी सचिवालय सदस्य प्रविण मिश्रले जानकारी दिए ।
गत साउन १५ गते व्यास गाउँपालिका वडा नं २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नता भएको र त्यसबारे सरकार संवेदनशील नभएको भन्दै विप्लव नेकपाले विरोध प्रर्दशन गरेको हो ।