समाचार

गाैरादह नगरप्रमुखद्वारा टुथ ब्रसदेखि लाइफब्वाइ साबुनसम्म वितरण

गाैरादह/ गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहले आफ्नो जन्मदिनको अवसरमा नगरभित्रका क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन।

क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई सरसफाइ गर्न आवश्यक पर्ने बिभिन्न सामाग्रीहरु प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा र वडाध्यक्षहरु समक्ष हस्तान्तरण गरेका छन।

राेजगारीका लागि भारतका बिभिन्न ठाउँबाट घर फर्किएका नागरिकहरुलाई क्वारेन्टाईनमा राखिएकाे छ।

क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई  सरसफाईका  लागि आवश्यक सामग्री १ सय थान टुथ ब्रस, १ सय थान पेस्ट र १ सय थान लाईफ ब्वाई साबुन उपलब्ध गराउनु भएको नगर प्रवक्त तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए।

गौरादहको वडा नम्बर ७ स्थ्ति ग्वाल्डुब्बामा रहेको क्वारेन्टाईनमा २१ जना र महारानी झाेडा स्कुलचौनकाे पुरानाे स्वास्थ्य चौकी भवन क्वारेन्टाइनमा १२ जना बसिरहेका नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले जानकारी गराए।

थप २ सय जना अटाउने गरी नगरभित्रका विभिन्न ५ स्थानमा  क्वारोन्टाईन स्थल निर्माणकाे तयारी भैरहेको नगर प्रमुख शाहले जानकारी गराए।

क्वारेन्टाइनमा हाल ३३ जना बसिरहेपनि निकट भबिस्यमा थपहुन सक्ने संख्यालाई मध्येनजर गरि सय सय थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे नगर प्रमुख शाहले बताए।

राेजगारीकाे खाेजिमा भारतकाे विभिन्न स्थानमा गएका नेपाली नागरिकहरु घर फर्कनेहरुकाे संख्या बढ्दै गएको र सरकारले अन्य  देशबाट समेत नागरिकहरु ल्याउने तयारी गरिरहेकाले उनीहरुलाई ब्यबस्थित तवरले राख्नको लागि थप क्वारेन्टाईन निर्माणकाे तयारी भैईरहेको प्रमुख शाहले  जानकारी गराए।

बिदेशबाट आएका नागरिकहरुलाई पहिलाे चरणमै समुदायमा जान नदिई क्वारेन्टाईनमा राखिने र उनीहरुको स्वास्थ्य जाँच गरेर कोरोना संक्रमण नभएको प्रमाणीत भएपछि  मात्रै समुदाय जान दिईने गरी व्यवस्था मिलाईएको प्रमुख शाहले बताए।

Author

You may also like