देश–समाज पत्रपत्रिका सुरक्षा

डिठ्ठा चाैककाे कल्भर्ट निर्माण अन्तिम चरणमा

 

गौरादह/गौरादहबाट कमल गाउँपालिका र बैगुन्धुरा जाेड्ने सडककाे डिठ्ठा चौक पस्चिममा रहेकाे कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ।

कल्भर्ट निर्माणका लागि गौरादह नगरपालिकाले आवश्यक बजेट बिनियाेजन गरेपछि कल्भर्ट निर्माण कार्य गर्न सहज भएकाे हाे।

गौरादह नगरपालिका २ को डिठ्ठा चौक पश्चिममा बर्षादकाे समयमा अबिरल वर्षा हुदा पानीको बाहब बढेपछि हाेमपायपबाट पानी निकास नभएकाले कल्भर्ट निर्माण गरिएको गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले जानकारी गराए। कल्भर्ट निर्माण कार्य भएपछि यसक्षेत्रका स्थानिय बासिन्दामा हर्षिद भएका छन।

कल्भर्ट निर्माण कार्य तिब्र रुपमा भइरहेकाले असार मसान्त अगाडिनै सम्पन्न हुने र नागरिकहरुलाई आवतजावतमा सहज हुने कल्भर्ट निर्माण समितिका अध्यक्ष श्रीप्रसाद शाहले जानकारी गराए।

गौरादह नगरपालिका २ को डिठ्ठा चौकमा कल्भर्ट निर्माण भएपछि बैगुन्धुरा, सरङ्पाडा, कमलगाउँपालिकाका साथै गौरादह आसपासका स्थानीयबासिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन।

कल्भर्ट निर्माण कार्य सम्पन्न भएपछि सार्वजनिक तथा निजी सवारीसाधनहरुलाई आवतजावत मा सहजता हुने  कल्भर्ट निर्माण समितिका अध्यक्ष शाहले जानकारी गराए।

कल्भर्ट निर्माण कार्यका लागि नगरपालिकाले १५ लाख रुपैया बिनियाेजित गरेकाे छ ।

गौरादह नगरपालिकाकाे  १५ लाख र जनसहभागिता बाट ७८ हजार १सय९८ रुपैयाँकाे लागतमा  कल्भर्ट निर्माण गरिने समितिका अध्यक्ष शाहले जानकारी दिएका छन् ।

अहिले कल्भर्ट निर्माण भइरहेको ठाउँमा पहिले होमपाइप रहेको र त्यहाँ रहेको ६ वटा होम पाइप निकालेर वडा नं. २ लाई जिम्मा दिइसकेको बताए ।

होमपाइप मात्र हुँदा मानिसहरुलाई आवतजावत गर्न कठिनाई हुनाका साथै ठुला सवारीसाधनहरु  ट्रक, टयाक्टर, बस लगायतका साधनहरु ओहोर दोहोर गर्न समस्या रहेकाले  कल्भर्ट निर्माण भएपछि ति समस्याहरु ह्ट्ने अध्यक्ष शाहले बताए।

कल्भर्ट निर्माणकार्यका लागि गौरादह १ का ख्याम तिम्सिनालाई ठेक्का दिइएको छ ।

कल्भर्ट निर्माणकार्यका लागि २०७७ बैशाख महिनामा सम्झौता भएको र  २०७७ असार मसान्त सम्ममा  सम्पन्न गरिने जनाइएको छ ।

गौरादह नगरपालिका का नगरप्रमुख रोहित कुमार शाह र वार्ड नं. २ को वडाध्यक्ष हेमन्त कार्कीको पहलमा कल्भर्ट निर्माणको कार्य गरिएको मा आजसम्म कल्भर्टको ढलाई पनि सकिन लागेको करिब ७५ प्रतिशत कार्य सकिसकेको उपभोक्ता समितिका अध्यक्ष श्री प्रसाद शाहले जानकारी दिए ।

कल्भर्ट निर्माण हुनु अघि बाटो साँघुरो भएर हिंडडुल गर्न गाहाे थियो भने, अब कल्भर्ट निर्माण हुने भएपछि आवत जावत गर्न र दुइटा गाडीहरु पनि सजिलै सँग ओहोर दोहोर गर्न सक्ने स्थानियबासी सकेन्द्र ताजपुरीयाले जानकारी दिएका छन् ।

Author

You may also like