काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठकले तेस्रो पटक लकडाउनको म्याद थप्न सक्ने एक मन्त्रीले बताए ।
अब थपिने लकडाउन हप्ता दिनदेखि १० दिनसम्म हुन सक्ने अनुमान गरिएको छ। सरकारले तेस्रोपटक थप गरेको लकडाउन बुधबार सकिँदै छ ।
प्रधानमन्त्री ओलीले गत शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समार्फत बैठक गर्ने क्रममा मुख्यमन्त्रीहरूले लकडाउनको अवधि थप्न सुझाव दिएका थिए।